scheduleआइतवार भाद्र ८ गते, २०७६

साउदी सरकार जिम्मेवार भेटिए अमेरिकाले कारबाही गर्ने


एजेन्सी, २८ असोज । अमेरिकाले साउदी अरबका पत्रकार जमाल खसोगीको हत्यामा साउदी सरकार जिम्मेवार रहेको पाइएमा उसलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीको इस्तानबुलमा रहेको साउदी दूताबासबाट बेपत्ता पत्रकार जमाल खसोगीको हत्यामा साउदी अरबको हात भएको पाइएमा आफूलाई निराश र आक्रोसित पार्ने भन्दै त्यसपछि साउदी सरकारलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन् । अमेरिकी टेलिभिजन सीबीए न्यूजलाई दिएको अन्तरवार्तामा उनले साउदी अरबसँगको ठेक्कापट्टा रद्द गर्ने भन्दा पनि सजाय दिने अन्य तरिका भएको र त्यसमा रुस र चीन पनि इच्छुक रहेको बताए ।

पत्रकार खसोगीको अवस्थाबारे साउदी सरकारले सत्यतथ्य पत्ता लगाउन आकाकानी गरेको आरोपसमेत ट्रम्पले लगाए । तर साउदी अरबले भने पत्रकार खसोगीको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएको छ ।

यसैबीच टर्कीका विदेशमन्त्री मेवलुत कावासोगलुकले खासोगीको हत्या भएको आशंकामा छानबिन गर्न साउदी अरबले स्वीकृति नदिएको गुनासो गरेका छन् । साउदी राजपरिवारको कटु आलोचक रहेका पत्रकार खासोगी टर्कीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूताबासबाट गत अक्टोबर २ देखि बेपत्ता छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage