scheduleशनिवार मंसिर २८ गते, २०७६
Bajaj
Global IME

साउदी दूताबासमै पत्रकारको हत्या भएको साउदीद्वारा स्वीकार

क्राउन प्रिंन्स मोहम्मद बिन सलमान

एजेन्सी, ३ कात्तिक । करीब दुई हप्तासम्म लगातार अस्वीकार गर्दै आएको साउदी अरबले अन्ततः पत्रकार जमाल खाशोज्जीको हत्या आफ्नै टर्कीस्थित दूताबासमा भएको स्वीकार गरेको छ ।

बीबीसीका अनुसार साउदी अरबको एक सरकारी टिभीले उनको हत्याको पुष्टि गरेको छ । सरकारी टेलिभिजनले सुरुवाती अनुसन्धानको हवाला दिँदै खाशोज्जीको टर्कीस्थित साउदी वाणिज्य दूतावासमा एक संघर्षपछि हत्या भएको स्वीकारेको हो ।

उक्त टेलिभिजनका अनुसार यो घटनामा अनुसन्धानका सहायक प्रमुख अहमद अल असिरी र क्राउन प्रिंन्स मोहम्मद बिन सलमानका वरिष्ठ सहयोगी साउद अल कथानीलाई बर्खास्त गरिएको छ । अनुसन्धानलाई सहज बनाउन साउदी अरबका १८ जना नागरिकलाई हिरासतमा लिइएको छ ।

मारिएका पत्रकारलाई साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको आलोचक मानिन्थ्यो । खाशाेज्जी गत एक वर्षदेखि अमेरिका बस्दै आएका थिए । उनी अमेरिकी पत्रिका वाशिंगटन पोष्टका लागि स्तम्भ लेख्दै आएका थिए । उनलाई अन्तिमपटक २ अक्टोबरमा इस्तानाबुलमा देखिएको थियो । उनी आफ्नो विवाह हुन लागेकी युवतीको कागजात बनाउन टर्कीस्थित साउदी अरबका वाणिज्य दूतावास गएका थिए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage