scheduleमगलवार आश्विन २८ गते, २०७६

आम आद्मीको एक निर्णयले यसरी बदलिइरहेका छन् दिल्लीका सरकारी विद्यालयहरु

नयाँ दिल्ली, ३ कात्तिक । दिल्ली सरकार र ब्रिटिश काउन्सिलले आपसी शैक्षिक सहयोगलाई बढाउनेगरी मंगलबार एक सम्झौतामा हस्ताक्षर गरेका छन् । सरकारले अंग्रेजी शिक्षा दिने र सीप विकासका लागि यो सम्झौता भएको हो ।

यसअघि पनि आम आद्मी पार्टीद्वारा नेतृत्व गरिएको दिल्ली सरकारले यस्ता केही निर्णय गरेको थियो, जसले राजधानीको सरकारी विद्यालयको अवस्था सुधार्नको लागि महत्वपूर्ण सावित हुँदै आइरहेको छ । भारतको नयाँ शक्तिको रुपमा हेरिएको आम आद्मीले के निर्णय गर्‍यो जसले त्यहाँको सरकारी स्कूलमा ठूलो परिवर्तन भयो ? यसबारे केही चर्चा यहाँ गर्न लागिएको छ-

ब्रिटिश काउन्सिलसँग एमओयू- दिल्ली सरकारको तर्फबाट उप-मुख्यमन्त्री तथा शिक्षा मन्त्री मनीष सिसोदिया र बेलायती काउन्सिलको तर्फबाट निर्देशक एलेन गेमेल ओबीईले सर्वोदय कन्या बाल विद्यालय, वेस्ट विनोद नगरमा उक्त सम्झौतामा हस्ताक्षर भयो । यसको माध्यमबाट अब युवाको सीप विकास र कला-संस्कृतिको क्षेत्रमा सहयोग गर्ने लगायतका बिषयमा काम गरिने बताइएको छ ।

शिक्षकलाई विदेशमा तालिम- दिल्लीको सरकारी विद्यालयहरुमा पनि निजी विद्यालयमा जस्तै पढाई भइरहेको छ । दिल्लीको एक हजारभन्दा बढी सरकारी विद्यालयका शिक्षक र प्राचार्यहरुलाई अहिलेसम्म प्रशिक्षणका लागि सिंगापुर र फिनल्याण्ड पठाइसकिएको छ । उनीहरुले त्यहाँबाट तालिम लिएर दिल्लीमा आएर पढाउनेछन् ।

भौतिक संरचनामा सुधार- दिल्लीका कयौं सरकारी विद्यालयमा रंग-रोगन गरिसकिएको छ र विद्यालयभित्रको भौतिक संरचना कुनै निजी विद्यालयको भन्दा कम छैन । यसबाट विद्यार्थीहरुले सफा र फराकिलो ठाउँमा पढ्ने मौका पाएका छन् । सुधारिएको भौतिक संरचनामा जिम, मैदान, स्विमिङ पुल आदि रहेका छन् ।

खुसीवाला पाठ्यक्रम- दिल्लीका सरकारी विद्यालयका ४० अध्यापक र शिक्षाविदहरुको एक टिमले करिब ६ महिना लगाएर ‘खुसीवाला पाठ्यक्रम’ बनाएका छन् । यस्तो पाठ्यक्रमको साथसाथै, नर्सरीदेखि लिएर ७ कक्षाासम्मका विद्यार्थीका लागि ४५ मिनेटको खुसीसम्बन्धी कक्षा नै सञ्चालन हुन्छ, जसमा योग, कथावाचन, प्रश्नोत्तरी सत्र, नैतिक शिक्षा र मानसिक व्यायाम समावेश गरिएको छ ।

बजेटमा वृद्धि- दिल्ली सरकारले बजेटमा नै शिक्षामा बजेटलाई दुईगुणा बढाएको थियो । कूल बजेटको २६ प्रतिशत हिस्सा सरकारले शिक्षामा खर्च गरिरहेको छ ।

आल्मुनाई बैठक- दिल्ली सरकारले पहिलोपटक सरकारी विद्यालयको आल्मुनाई बैठक गर्ने फैसला गरेको थियो । अब दिल्लीका सबै विद्यालयमा आल्मुनाई बैठक हुनेछ । उपमुख्यमन्त्री तथा शिक्षामन्त्री मनीष सिसोदियाले शक्ति नगरका सरकारी विद्यालयमा आल्मुनाई बैठको औपचारिक सुरुवा गरे । यसमा १९६१ पछि उक्त विद्यालयबाट उत्तीर्ण भएका सबै पूर्वविद्यार्थीलाई सहभागी गराईएको थियो ।

साभारः मोहित पारीक/आजतक

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage