scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

प्रधानसेनापतिको पत्रकार सम्मेलन र अभिव्यक्तिले उब्जाएको प्रश्न

काठमाडौं, ५ कात्तिक । लोकतान्त्रिकरणका नाममा सेनाभित्र ‘सुक्ष्म व्यवस्थापन’ गर्न खोजे स्वीकार्य नहुने र सेनाभित्रको भ्रष्टाचारमा सेनामात्र दोषी रहँदैन भन्ने प्रधानसेनापति पूर्णचन्द्र थापाको धारणाले राजनीतिक वृत्तमा नयाँ बहस आरम्भ भएको छ ।

त्यसअतिरिक्त सैन्य विशेष अदालतलाई सेनाले नै सबल बनाउने उनको धारणामा रक्षा मन्त्रालय गम्भीर बनेको छ । विशेष अदालतको एक पाटो मन्त्रालय पनि हो । तर सेनाको प्राड (कानुनी) विभागबाट सैन्य विशेष अदालतमा मुद्दा जाहेर भए यो अदालत निष्क्रिय हुन नसक्ने धारणा मन्त्रालयको छ । रक्षाका अधिकारीले सेनाको प्राड विभाग नै सुस्त रहेको मन्त्रालयको धारणा रहेको जानकारी दिए ।

रक्षामन्त्रीदेखि अन्य मन्त्री एवं राजनीतिज्ञ सोध्न थालेका छन्, ‘यस्तो धारणा नयाँ प्रधानसेनापतिले ल्याए । साँच्चै सुधार हुन लागेको हो त ? ’ सेनापतिसँग अनौपचारिक छलफल गरिसकेका रक्षाका अधिकारीले बताए । शुक्रबार बिहान प्रधानसेनापति थापाले राष्ट्रिय सुरक्षा नीतिको उच्चस्तरीय समिति बैठक र साँझ जंगी अड्डामा दिएको रात्रि भोजमासमेत उनीहरूले प्रधानसेनापतिको धारणाबारेमा कुरा उठाएका थिए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यो विषयमा चासो व्यक्त गरे । पत्रकार सम्मेलनमा आएको अभिव्यक्ति राजनीतिक भयो कि रक्षामन्त्री पोखरेलले जिज्ञासा व्यक्त गरे । प्रधानसेनापति थापाले सेनाकै केही पंक्तिबाट हुने चलखेल र भेटघाटलाई आफूले संकेत गरेको जानकारी दिएको रक्षा अधिकारीले बताए । उनले सेनामा सुधार गर्न आफूले सबैको साथ खोजेको पनि स्पष्ट पारे । सेनाभित्र सुधारको खाँचो रहेको भन्दै उनले आफ्नो कार्यकालमा देखिने गरी नै सुधार गर्ने प्रण गरे ।

रक्षासचिव विष्णु लम्साललगायत अन्य रक्षा अधिकारीले पनि प्रधानसेनापतिसँग जिज्ञासा राखेको रक्षा अधिकारीले बताए । रक्षाको स्विकृतीमा सेनाले १० वर्षपछि यस्तो पत्रकार सम्मेलन गरेको हो । प्रधानसेनापतिले पत्रकार सम्मेलन गरी जवाफदेही बन्न खोज्नु राम्रो भए पनि राजनीतिक अभिव्यक्ति दिएको बुझाइ मन्त्रालय र दलहरूको छ ।

दलहरूले सेनालाई विकास निर्माणका गतिविधिमा धेरै संलग्न गराएकाले सेनामा भ्रष्टाचार हुने गरेको चर्चामा आएको हो । यतिबेला भने सेनाले नै भ्रष्टाचार रहेको स्विकारेकाले बहस सिर्जना भएको हो । प्रधानसेनापतिले सेनामा भ्रष्टाचार रहेको तर यसको नियन्त्रण सैन्य विशेष अदालतबाट हुने बताएका थिए । उनको भनाइले मन्त्रालयलाई सेनाले आफ्नो ढंगबाट अघि बढाउन खोजेको संकेतका रूपमा रक्षा अधिकारीले लिएका छन् । रक्षा र सेनाबीच पहिलेदेखि नै विश्वसनीय सहकार्य नभएका बेला दुवैबीच सम्बन्ध अझ चिसिने खालका धारणा सेनापतिबाट सार्वजनिक भएका हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा चन्द्रशेखर अधिकारीको समाचार टिप्पणी छापिएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage