scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

मारिएका साउदी पत्रकारप्रति साउदी राजपरिवारको समवेदना

रियाद, ६ कात्तिक । रहस्यम तरिकाले हत्या गरिएका साउदी पत्रकारका परिवारजनप्रति साउदी राजपरिवारले समवेदना व्यक्त गरेको छ ।
साउदी राजा सल्मान बिन अब्दुलाजिज अल साउद र युवराज मोहम्मद बिन सल्मान बिन अब्दुलाजिजले पत्रकारका परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन् ।
मारिएका साउदी पत्रकार जमाल खाशोग्गीका छोरालाई उनीहरुले समवेदना व्यक्त गरेकाे समाचारमा जनाइएको छ ।
साउदीको राज्यद्वारा संचालित समाचार संस्था साउदी प्रेस एजेन्सीले आइतबार संप्रेषण गरेको समाचारमा स्वर्गीय पत्रकारका छोरा सलेह खाशोग्गीले शाही परिवारप्रति धन्यवाद पनि व्यक्त गरेको उल्लेख छ ।
द वासिङटनपोष्टका स्तंभकार समेत रहेका साउदी पत्रकार खाशोग्गी टर्कीको स्तानबुलमा रहेको साउदी बाणिज्य दूतावासबाट यही अक्टोबर २ तारिखदेखि बेपत्ता भएका थिए।
राज्यले उनको अघिल्लो शनिबार नै भिडन्तका क्रममा हत्या भएको दावी गरेको थियो । तर हत्याका बारेमा थप विवरण भने दिइएको छैन ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage