scheduleशनिवार आश्विन ४ गते, २०७६

यमन निकट भविष्यमा भयानक भोकमरीको चपेटमा फस्छः युएन

एजेन्सी, ७ कात्तिक । स‌ंयुक्त राष्ट्र सहायता प्रमुखले राष्ट्रसंघीय सुरक्षा परिषदमा युद्धग्रस्त यमनका आधा जनस‌ंख्या चाढै नै भोकमरीको चपेटमा आउनसक्ने चेतावनी दिएका छन् । करिब एक करोड ४० लाख ती मानिसहरु भोकमरीको चपेटमा परी बाँच्नका लागि पूर्णरुपमा मानवीय सहायतामा निर्भर रहनुपर्ने प्रमुखले बताएका हुन् ।

ती सहायता प्रमुख मार्क लोकोकले निकट भविष्यमा एउटा ठूलो भोकमरीले यमनलाई निल्न लागेको स्पष्ट देखिरहेको र त्यो सहायताका क्षेत्रमा काम गर्ने कर्मीहरुले देखेको हालसम्मकै ठूलो स‌ंकट हुने बताए ।

बितेका २० वर्षमा विश्वमा दुईवटा ठूला भोकमरीहरु घोषणा भएका छन् एउटा २०११ मा सोमालियामा र अर्को पछिल्लो वर्ष दक्षिणी सुडानमा र ती प्रमुखले यमनमा आउने यो भोकमरीको अवस्था ती पछिल्लो दुई भोकमरीको तुलनामा भयानक हुने बताए ।

ती प्रमुखले युएनले तत्काल करिब ८० लाख मानिसकलाई सहायता पुर्‍याउनका लागि समन्वय गरेको बताए । उनको अनुसार अन्तराष्ट्रिय सहायतालाई यमनमा छिराउने त्यहाँको प्रमुख बन्दरगाह हुदेदाहमाथि साउदीले हमला गरेपछि र त्यहाँ चिलरहेको निरन्तरको लडाँईले यमनको आर्थिक संकट गहिरीइरहेको छ ।

हाल यमनमा साउदी अरबीया र इरानबीच छद्म युद्ध जारी छ । साउदी नेतृत्वको सैनिक गठबन्धनले २०१५ इरान समर्थित हुथी समूहविरुद्ध यमनको सरकारी सैनिकलाई समर्थन गर्दै युद्धमा हस्तक्षेप गरेको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage