scheduleआइतवार भाद्र २९ गते, २०७६

तेलको खेलमा अमेरिका यति ठूलो खेलाडी, पढ्नुहोस् इतिवृतान्त

एजेन्सी, ७ कात्तिक । अमेरिकाको सेल ग्यास उद्योगमा भएको प्रगतिले तेल आयातक देशबाट ऊ निर्यातक देशमा स्थापित भयो ।
सेल ग्यास एक किसिमको प्राकृतिक ग्यास हो जुन अवसादी चट्टानको बीचमा पाइन्छ । तेलको वा ऊर्जाको अन्तराष्ट्रिय मूल्यमा यसको ठूलो प्रभाव छ ।

सेल ग्यासको क्षोत्रमा यो क्रान्ति नयाँ टेक्नोलोजी र रिसर्चको कारणले आएको हो । यस क्रान्ति अघि अमेरिका आफ्नो आवश्यकता पूरा गर्न मध्यपूर्वी मुलुकमा निर्भर थियो र उसको निर्भरता निरन्तर बढिरहेको थियो ।

अमेरिकाको ओयल एण्ड एनर्जी इंस्टीच्यूको सन् २०१८ को आँकडा अनुसार अमेरिका दैनिक लगभग एक करोड बैरलभन्दा धेरै कच्चा तेल उत्पादन गर्छ । राष्ट्रपति ओबामाको कार्यकाल २०११ मा अमेरिका आफुले खपत गर्ने तेलको ५२ प्रतिशत तेल निर्यातक मुलुक ओपेक मुलुकबाट आयात गर्दथ्यो ।

तर अहिले २०१८ मा आएर अमेरिका दैनिक ४० लाख ब्यारल कच्चा तेल निर्यात गर्छ । सेल ग्यासको विमाससँगै अब अमेरिका लिक्युफाइड नेचुरल ग्यास एलएनजी निर्यात गर्न थालेको छ ।

राष्ट्रपति ओबामाको समयमा अमेरिकाको विदेश नीतिमा सेल ग्यासको सबैभन्दा धेरै प्रभाव देखिएको थियो । सन् २०११ मा अमेिरकाले ‘भविष्यमा उर्जा सुरक्षाको रणनीतिको एजेण्डा’ तयार गरेको थियो । त्यसमा सेल ग्यासको उत्पादनको कुरा गरिएको थियो । जसमा ग्यासलााई भविष्यमा अमेरिकाको ऊर्जाको सबैभन्दा महत्वपूर्ण स्रोत हुने र यो ऊर्जाको स्रोतको विकास भविष्यमा अमेरिकाको ऊर्जाको आवश्यकतालाई पुरा गर्ने ग्यारेन्टी दिने उल्लेख थियो ।

ओबामाको कार्यकालमा विदेशबाट निर्यातित कच्चा तेलको निर्भरतामा कमि आयो । पछि फेब्रवरी २०१३ मा अमेरिकी क‌ांग्रेसको ११३औ‌ं अधिवेशनमा एलएनजीको निर्यातको मुद्दामा ठूलो बहस भयो ।

अमेरिकी सिनेटको ऊर्जा समितिका सदस्यले अमेरिका कच्चा तेल र सेल ग्यासको उत्पादनमा आत्मनिर्भर भएको कारण इरानविरुद्धको उसको प्रतिबन्ध मजबूत बनाउन योगदान पुगेको बताए ।

फेरी अमेरिकी कंग्रेसले मे महिनामा इयुलाई एलएनजी निर्यात बढाएर रुसमाथिको निर्भरता कमि गराउने प्रस्ताव पारित गर्‍यो । यससँगै अमेरिकाले दक्षिण कोरिया र अन्य पूर्वी एसियाली मुलुकमा पनि एलएनजी निर्यात गर्ने फैसला गर्‍यो ।

इरानसँगको परमाणु सम्झौताबाट बाहिरिने फैसला पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका उर्जा निर्यातमा क्षमतावान् भएपछि मात्र लिएका हुन् । एलएनजी निर्यातको मुद्दा ट्रम्पका लागि सधै अहम् रह्यो ।

अमेरिकी प्रतिबन्धको कारण इरानको कच्चा तेल निर्यातमा प्रतिदिन दश लाख बैरल कमि आउने सम्भावना छ । तर विश्व बजारमा अमेरिकाको तेल र ग्यासले इरानको कमीलाई भरपाई गरने सम्भावना क्षीण छ । यसमा अर्को कारण के पनि छ भने इरानको कच्चा तेलको रासायनिक गुण अमेरिकाको सेल ग्यासभन्दा फरक छ ।

अमेरिका विश्वभरी एलएनजी र अन्य ऊर्जा स्रोत बेचेर सम्बन्ध बिस्तार गर्न चाहन्छ र त्यसलाई नयाँ दिशा दिन चाहन्छ ।

इयु देश आफ्नो ऊर्जा आवश्यकताका लागि अधिकतम मात्रामा रसियामाथि निर्भर छ त्यसैले अमेरिका यूरोपको ऊर्जा बजारमा विशेष ध्यान दिइरहेको छ । अमेरिका यूरोपमा अहिले एलएनजीको निर्यात बढाइरहेको छ । उसले आफ्नो ग्यास आपूर्ति लाइनको दक्षिणी कोरिडोरलाई पनि चाँढै पूरा गर्ने काममा लाग्दैछ ताकी रुसमाथिको यूरोपको निर्भरता कम होस् ।

पूर्वी एशियामा विशेषगरी दक्षिण कोरिया र जापान इरानबाट धेरै एलजी ग्यास खरिद गर्छ अब इरानमाथिको प्रतिबन्धका कारण अमेरिका एलएनजीको व्यापार यी देशमा फैलाउने काम गर्दैछ ।

दक्षिण कोरिया इरानको एलजी ग्याँसको ठूलो खरिदकर्ता हो । इरानबाट ५५ प्रतिशतभन्दा धेरै एलजी ग्यास कोरिया एक्लै खरिद गर्छ । तर अमेरिका इरान वार्ताबाट पछि सरेपछि दक्षिण कोरियाका ठूला कम्पनीहरुले इरानको तेललाई आयातमा कमि गरेको छ ।

इरानको सबैभन्दा ठूलो ग्राहक रहेको दक्षिण कोरियाली कम्पनीले गत अगस्ट महिनाबाट तेलको आयातमा एक तिहाई कमी गराएको छ र उर्जाको आवश्यकता पूर्तिका लागि कतार र अमेरिकातर्फ फर्किएको छ ।

पूर्वी एशियामा जापान पनि तेलको ठूलो ग्राहक हो । जापानको तेल विभागको आँकडा अनुसार २०१७ मा जापान प्रतिदिन इरानबाट १,८२,२१६ बैरेल कच्चा तेल खरीद गर्दथ्यो ।

तर यो वर्ष यसमा २४ प्रतिशतले कमि आएको छ । जापानले पनि दक्षिण कोरियाले झै अमेरिका इरानवार्ताबाट बाहिरिएपछि यो कदम उठाएको हो ।

जापानको इरानमाथिको तेल निर्भरताकै कारण उसले अमेरिकासँग इरानलाई माफी दिन आग्रह गरेको थियो तर ट्रम्पले त्यसलाई अस्वीकार गरेका थिए ।

इरानको उर्जा र तेल उद्योगको विरुद्ध अमेरिकाको एकपछिको अर्को प्रतिबन्धका कारण उसको उत्पादनमा ठूलो कमि आएको छ । यसको साथै विश्व तेल बजारमा इरानको लगानी र भागीदारी पनि घटीरहेको छ ।

यसर्थ इरानको तेल र उर्जा उद्योगमा लगानी गर्नेहरुका लागि चुनौती बढेको छ ।

इरानको घट्दो तेल र ग्याँस उत्पादन र सम्भावित निर्यातमा गरावटका कारण उसलाई विश्व बै‌ंक र अन्य वित्तिय स‌ंस्थाहरुबाट कर्जा लिन कठिनाई भैरहेको छ ।

अब जब विश्व तेल बजारमा धेरै उत्पादकहरु बढेर गए यसमा इरानको हिस्सेदारी पनि मात्र एक प्रतिशत रहेर गएको छ । यस्तो स्थितीमा इरानको विरोधीका लागि मार्केटमा उसको स्थान कब्जा गर्ने राम्रो मौका मिलेको छ ।

राष्ट्रपति ‌ओबामाको कार्यकालमा प्रतिबन्ध लगाइएको कारण इरानको एलएनजी प्लान्ट अधुरो रहेको थियो । अब यो नयाँ प्रतिबन्धका कारण उसले निकट भविष्यमा एलएनजी उत्पादनमा आफ्नो हिस्सेदारी बनाउँछ भन्ने कमै आशा छ ।

ट्रम्प प्रशासनले इरानमाथि लगाएको कडा प्रतिबन्धहरुको असर पनि आउने समयमा देखिनेछ । यसले इरानको तेल बजार घट्नेछ, उत्पादनमा कमि आउनेछ र विदेशी लगानी प्रभावित हुनेछ ।

यसको अल्पकालीन र दीर्घकालीन दुवै प्रभाव छ । त्यसमाथि भारत र टर्कीको अमेरिकाबाट एलएनजी निर्यात इरानको लागि अर्को खतराको घण्टी हो ।

यसले उसको क्षेत्रीय बजारमा पनि खराब प्रभाव पार्ने देखिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage