scheduleआइतवार भाद्र ८ गते, २०७६

जमाल खसोग्गी हत्या प्रकरण : साउदी युवराज जिम्मेवार भएको डोनाल्ड ट्रम्पको भनाई

एजेन्सी, ८ कार्तिक । साउदी पत्रकार जमाल खसोग्गीको हत्या सम्बन्धमा आएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालसम्मकै सबैभन्दा कडा प्रतिक्रियामा उनले यो अपरेशनको जिम्मेवारी साउदीका युवराजले लिनुपर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकी अखबार वाल स्ट्रिट जर्नलसँगको कुराकानीमा युवराजले खसोग्गीको हत्यामा तल्लो तहका अधिकारीहरुको हात रहेको बताउँदा आफूले युवराजलाई विश्वास गर्न चाहेको तर त्यसको जिम्मेवारी सधै माथिल्लो तहमा जाने भएको उनले बताए ।

उनले भने, ‘अहिले त्यहाँका युवराज साउदीको सबै कुरा चलाइरहेका छन् । त्यसकारण यदि यसको जिम्मेवार त्यहाँ अरु कोही छन् भने उनै हुनेछन् ।’

यस दौरान टर्की राष्ट्रपतिका सल्लाहकारले पनि पत्रकार खसोग्गीको हत्याको जिम्मेवार युवराज मोहम्मद बीन सलमानलाई ठहर्‍याएका छन् । ट्रम्प र टर्की राष्ट्रपति रेसेप तैय्यीप इर्दोगानका सल्लाहकारबाट आएका त्यस्ता अभिव्यक्तिहरुको साउदीले तत्कालै कुनै प्रतिक्रिया दिएको छैन ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage