scheduleमगलवार पौष ३ गते, २०७५

यी पाँच कारण परपुरुषप्रति आकर्षित हुन्छन् विवाहित महिला

काठमाडौं । पुरुषहरुको बहुविवाहको मामिला सुन्दा सबैलाई सामान्य लाग्छ तर, महिलाको बहुविवाहलाई लिएर आज पनि समाजको सोच संकुचित नै छ । हाम्रा वरिपरि कति त्यस्ता महिलाहरु छन् जो तेस्रो व्यक्तिका लागि आफ्नो वर्षौं पुरानो सम्बन्धलाई टुटाउँछन् ।

प्रेम र विश्वासले अडिएको सम्बन्धलाई टुक्राएर आखिर महिलाहरु किन परपुरुषमाथि आकर्षित हुन्छन् । यसका पनि केही कारणहरु छन् जसलाई थाहा पाएपछि हामी महिलाको यस्तो कदमलाई पनि स्वभाविक मानव स्वभावका रुपमा स्वीकार गर्ने छौं ।

यो अवस्था ल्याउने सबैभन्दा पहिलो कारण महिलाको विगत हो । यदि कुनै पनि महिलाको विवाह कुनै पुरुषसँग उसको स्वीकृति बिना गराइएको छ भने त्यस्ता महिलाहरु आफ्नो अतितलाई भुलाउन सक्दैनन् र आफ्नो विगतसँग नजिकिने प्रयास गर्छन् ।

जुनसुकै सम्बन्धको आधार भनेको प्रेम, विश्वास र हेरचाह हो । यदि महिलाले आफ्नो श्रीमानबाट प्रेम र समय पाउँदैन र त्यस्तो अवस्थामा उनीहरुलाई कुनै दोस्रो व्यक्तिबाट प्रेम र अटेन्शन मिल्छ भने उनीहरु परपुरुषप्रति आकर्षित हुन्छन् ।

सम्बन्धको मूल आधारस्तम्भ भनेको भावनात्मक लगाव पनि हो । यदि श्रीमानसँग महिलाको भावनात्मक लगाव छैन र कुराकानी सुखदुख आदानप्रदान हुँदैन भने महिला भावनात्मक साथीको खोजी गर्न थाल्दछ ।

सम्बन्धलाई टिकाइरहन सम्मानको खाँचो हुन्छ । यदि कुनै अवस्थामा श्रीमानले श्रीमतीको आत्मसम्मानमा चोट पुर्‍याउँछ भने बदला लिनका लागि पनि महिला बाहिर सम्बन्ध कायम गर्छिन् ।

कतिपाय अवस्थामा यदि महिलाले आफ्नो श्रीमानबाट पर्याप्त शारीरिक वा मानसिक आवश्यकता पूरा गर्न सक्दैन भने पनि ऊ अन्य पुरुषको सहारा लिने प्रयास गर्छ ।

यदि तपाई विवाहित हुनुहुन्छ र आफ्नो सम्बन्धलाई दीर्घ बनाउन चहानुहुन्छ भने आफ्नो श्रीमतीलाई यी माथि उल्लेखित कुनै कुराको कमि भएको छ भनेर विचार गर्दा सम्बन्ध टिकाउ हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob