scheduleबुधवार श्रावण १ गते, २०७६

निर्वाचन आयोगले नेकपाको नामबारेको विवादमा भोलि निर्णय गर्ने

काठमाडौं, ८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाममाथिको विवादमा निर्वाचन आयोगले शुक्रबार निर्णय गर्ने भएको छ । आयोगले आजै (बिहीबार) निर्णय गर्ने भनिएपनि एक जना आयुक्त उपस्थित हुन नसकेको निर्णय लिन नसकेको हो ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता भएपछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (ने क पा) राखियो । तर निर्वाचन आयोगमा यसअघि नै ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी नामको छुट्टै पार्टी दर्ता थियो ।

सत्तारुढ नेकपाले आफूहरुको नाम जुधाएको भन्दै कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा उजुरी दिएको थियो । सत्तारुढ नेकपाले आफूहरुले नेपाल कम्युनिष्ट पार्टीसँगै कोष्टभित्र (ने क पा) पनि राखेकाले नाम नजुध्ने दाबी गर्दै आएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob