scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

साउदी पत्रकार खसोग्गीको छोरा अमेरिकामा


वासिङ्टन, ९ असोज । टर्कीस्थित साउदी अरबको महावाणिज्य दूतावासमा हत्या गरिएका साउदी अरबका पत्रकार जमल खसोग्गीका जेठा छोरा सलाह विन जमल खशोग्गीमाथिको विदेश भ्रमण प्रतिबन्ध हटाएपछि उनी बिहीबार अमेरिका पुगेका छन् ।

अमेरिकी सञ्चारमाध्यमले कुनै स्रोत नखुलाईकन दिएको समाचारमा सलाह विनले साउदी अरब छोडी अमेरिका आइपुगेको जनाएका हुन् ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनले शुक्रबार प्रशारण गरेको समाचारमा भनेको छ, अमेरिकी अनुरोधमा साउदी अरब सरकारले खशोग्गीका जेठा छोरा सलाह विनमाथिको प्रतिबन्ध हटाइएको थियो । लगत्तै उहाँ सिधा उडानमार्फत अमेरिकाका लागि छुटेका थिए । उनी अहिले अमेरिका पुगिसकेका छन् ।

वासिङ्टन पोष्टका लागि काम गर्दै आएका जमाल खशोग्गीलाई इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासभित्रै गत अक्टोबर २ मा हत्या गरिएको थियो ।

घटनापछि खशोग्गी परिवारका केही सदस्यलाई विदेश भ्रमणमा साउदी अरबले प्रतिबन्ध लगाएको थियो । वासिङ्टन पोष्ट पत्रिकाका लागि काम गर्दै आएका मृतक खशोग्गीका जेठा छोरा सलाहलाई विदेश भ्रमणमाथि लगाइएको प्रतिबन्धलाई फुकुवा गर्न अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले एक हप्ता पहिले रियाद भ्रमणमा रहेका समय साउदी अरब सरकारसँग आग्रह गरेको जानकारी बिहीबार मात्रै सार्वजनिक भएको थियो ।

ह्वाइट हाउसका प्रवक्ता सारा सान्डर्सले भने, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी गुप्तचर निकाय सीआइएका निर्देशक गिना हास्पेल अनुसन्धानका लागि टर्की भ्रमणबाट फर्केपछि घटना सम्बन्धमा औपचारिक जानकारी लिएका छन् ।’

सान्डर्सले राष्ट्रपति ट्रम्पलाई खशोग्गीबारे आफुले पाएको जानकारी र अनुसन्धान प्रक्रियाबारेमा भएका छलफलहरूलाई जानकारी गराएको बताए । यद्यपि छलफलबारे बिस्तृत विवरण भने दिइएको छैन ।
दुई हप्तासम्म रियादले खशोग्गीको हत्यालाई अस्वीकार गर्दै आएपनि गत शनिबार मात्र वासिङ्टन पोष्टका पत्रकार खशोग्गीको इस्तानबुलमा रहेको साउदी अरबको महाबाणिज्य दूतावासमा केही व्यक्तिसँगको झडपमा मृत्यु भएको स्वीकार गरेको थियो । तर विवाद किन भएको भन्नेबारे केही खुलाइएको छैन ।

साउदीका युवराजले बुधबार मात्रै खशोग्गीको हत्यारालाई कानूनी कठघरामा उभ्याइने प्रतिवद्धता जाहेर गरेका थिए ।

अहिलेसम्म उक्त घटनामा सम्लग्न रहेको आरोपमा १८ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । रासस/सिन्ह्वा

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage