scheduleबिहिवार आश्विन २ गते, २०७६

जापानी राजकुमारी अयाकोले त्यागिन् राजकीय पद

एजेन्सी, १३ कात्तिक । जापानकी राजकुमारी अयाको विवाह बन्धनमा बाँधिएकी छिन् । उनले एक सामान्य नागरिक रहेका आफ्ना प्रेमी व्यापारी केई मोरियासँग विवाह गरेकी हुन् । यससँगै उनले आफ्नो राजकीय पद पनि त्यागेकी छिन् ।

जापानको राजकीय परम्परा अनुसार सामान्य नागरिकसँग विवाह गर्ने दरबारिया सदस्यले आफ्नो पद त्याग्नुपर्ने हुन्छ । उक्त नियमको बावजुद पनि राजकुमारी अयाकोले राजकीय पदलाई बेवास्ता गर्दै आफ्नो प्रेमीलाई चुनेकी हुन् ।

२८ वर्षीया राजकुमारी अयाको जापानी राजा अकिहिटोकी भतिजी हुन् । उनका श्रीमान् केई मोरिया एक सिपिङ कम्पनीका व्यापारी हुन् ।

विवाहपछि राजकुमारी अयाकोलाई जीवन निर्भाहका लागि जापानी राजघरानाले दश लाख डलर दिनेछ ।

उक्त वैवाहिक समारोहलाई हेर्न जापानको टोकियोस्थित मेजी धार्मिक स्थलमा धेरै जापानी नागरिक भेला भएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage