scheduleबिहिवार श्रावण १४ गते, २०७८

चीनद्वारा गैंडा, बाघमाथिको प्रतिबन्ध फुकुवा, विभत्स परिणाम ल्याउनसक्ने चिन्ता

एजेन्सी, १३ कात्तिक । बाघको हाड र गैंडाको सिङको प्रयोगमाथि २५ वर्षदेखि लगाएको प्रतिबन्धलाई चीनले फुकुवा गरेको छ । उसले वैज्ञानिक तथा औषधी प्रयोजनका लागि ती बस्तुहरुको प्रयोगको अनुमति दिने सोमबार घोषणा गरेको हो ।

‘कुनै विशेष परिस्थितीमा बाघको हाड, गैंडा सिङ वा त्यस्ता बस्तुहरुको व्यापार तथा प्रयोगका लागि अनुमतिको माग गर्नुपर्नेछ ।’ चीनको क्याबिनेट राज्य परिषदले सोमबार भन्यो ।

तर विश्व वनजीन कोष डब्ल्युडब्ल्युएफले भने चीनको त्यस्तो कदमको तत्कालै भत्सर्ना गरेको छ । ‘चीनको यो २५ वर्षको प्रतिबन्धलाई उल्टाउने निर्णयले विश्वभरी निकै ठूलो विभत्स परिणाम ल्याउनसक्छ यसकारण यो गम्भिर चिन्ताजनक विषय हो ।’ संस्थाका अभ्यास नेता, मार्गेरेट किन्नार्डले सोमबार विज्ञप्तीमा बताए ।

उसले वैधानिक बजारको पुनर्सुरुवातले बाघ र गैंडाको रक्षाका लागि भैरहेको प्रयासमा ठूलो अवरोध ल्याउने बताएको छ ।

क्याबिनेटको घोषणा अनुसार बाघको हाड र गैंडाको सिङ औषधीका लागि परम्परागत चिनियाँ औषधीको राज्य प्रशासनबाट इजाजतप्राप्त चिकित्सकले मात्र शिफारिस गर्नसक्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय