scheduleशनिवार आश्विन ४ गते, २०७६

श्रीलंकाको राजनीतिक संकटप्रति युएन महासचिव गुट्रेसको गम्भिर ध्यानाकर्षण

एजेन्सी, १३ कात्तिक । संयुक्त राष्ट्रसंघका एक अधिकारीले राजनीतिक संकट चुलिएको श्रीलंकाका संसदका स्पिकर कारु जयासुरियासँग भेट गरेका छन् । भेटकाक्रममा ती अधिकारीले श्रीलंकाको राजनीतिक संकटप्रति युएनका महासचिव एन्टोनियो गुट्रेसको चिन्ता पनि व्यक्त गरेका छन् ।

श्रीलंकाको लागि युएनका रेजिडेन्ट कोअर्डिनेटर हाना सिगरले स्पिकर जयासुरियासँग भेटेर प्रजातान्त्रिक मूल्य र संवैधानिक व्यवस्था र प्रक्रियालाई सम्मान गर्नुपर्ने महासचिवको सन्देश दिएको महासचिव गुट्रेसका प्रवक्ता स्टिफाने डुजारिकले सोमबार बताए ।

डुजारिकल भने, ‘गुटेरसले श्रीलंकामा भैरहेको पछिल्ला घटनाक्रमलाई निकै ध्यानपूर्वक नियालीरहेका छन् र उनले श्रीलंकाका सबै दललाई आत्मनियन्त्रणको अभ्यास गर्न र परिस्थितीलाई शान्तिपूर्ण ढंगले सम्बोधन गर्न आह्वान गरेका छन् ।’

जयसुरियाले सोमबार त्यहाँको राजनीतिक संकटलाई संसदको माध्यमबाट समाधान गर्न आह्वान गरेका थिए । साथै उनले यदि यो मामिला सडकसम्म पुगे ठूलो रक्तपात सृजना हुने चेतावनी पनि दिएका थिए ।

गत अक्टोबर २६ मा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रानील विक्रमासिंगेलाई अपदस्थ गरी पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई उक्त स्थानमा प्रतिस्थापन गरेपछि त्यहाँ राजनीतिक संकट उत्पन्न भएको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage