scheduleशुक्रवार कार्तिक १ गते, २०७६

अमेरिकामा शुरु भयो गाईलाई अंगाल्ने अभियान, यसकारण सयौं डलर खर्च गर्दैछन् नागरिकहरु

एजेन्सी, १३ कात्तिक । अहिले अमेरिकामा एक विशेष प्रकारको अभियान चलेको छ । यो अभियानको नाम ‘काउ कडलिङ’ हो । यस अभियानमा अमेरिकी जनता निकै उत्साहित भएर सहभागी भएका छन् । सहभागिता बाहेक उनीहरु खुलेर पैसा पनि खर्च गरेका छन् ।

अमेरिकामा चलिरहेको यस अभियानमा मानिसहरु प्रति ९० मिनेटका लागि तीन सय डलर खर्च गरिरहेका छन् । नेपाली रकममा रुपानतरण गर्दा यो करिब ५१ हजार रुपैयाँ हुन जान्छ । अब तपाई यो ९० मिनेटमा के हुन्छ भनेर सोच्नुहुन्छ होला । वास्तवमा यो ९० मिनेटमा यी अमेरिकी नागरिकहरु ती जनावरहरुसँग आनन्दमय समय बिताउँछन् । यो अभियानको उद्देश्य पशुहरुको रेखदेख र सुरक्षा गर्नु हो । तर यस्तो गर्नुको फाइदा मानिसलाई के हुन्छ भन्ने प्रश्न पनि उठ्न स्वभाविक हो ।

वास्तवमा यी सबै गर्नुको पछाडि एउटा वैज्ञानिक फाइदा छ । न्युयोर्कस्थित माउन्टेन हर्स फार्ममा एउटा कार्यक्रम चलाइएको थियो । यसलाई घोडा र गाई अनुभव नाम दिइएको थियो । यस कार्यक्रममा ती पशुहरुसँग खेल्ने र समय बिताउने क्रियाकलापहरु सामेल गराइएको थियो । तर यदि जनावर खेल्ने मुडमा छैन भने मानिसले उसलाई अंगालेर बस्न सक्दथ्यो । यसो गर्दा मानिसहरुलाई सकरात्मक महसूस भैरहेको थियो किनभने यसपछाडि वैज्ञानिक कारण छ ।

वास्तवमा गाईहरुको शरीरमा मानव शरीरमा भन्दा धेरै तापमान हुन्छ । यस अलावा उसको धड्कनको गति पनि मानिसको भन्दा तेज हुन्छ ।

यसकारण जब तपाई कुनै गाईलाई अंगालो हाल्नुहुन्छ भने तत्काल तपाईको हृदयको गति र शरीरको तापमान सामान्य हुन्छ । त्यसो त कुनै पनि वैज्ञानिकले यसको पुष्टि गरेका छैनन् तर, यो अभियान चलाउने संस्थाले आफ्नो वेभसाइटमा यस्तै विवरण उल्लेख गरेको छ ।

यस अभियानमा घोडालाई पनि समावेश गरिएको थियो जसका लागि प्रति ६० मिनेट ७५ डलर खर्च गर्नुपर्दथ्यो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage