scheduleबुधवार भाद्र ४ गते, २०७६

वायर्न म्युनिख जर्मन कप फुटबलको तेस्रो चरणमा प्रवेश

काठमाडौँ, १४ कात्तिक । मंगलबार राति भएको जर्मन कपमा वार्यन म्युनिखले चौथो डिभिजनको क्लब एसभी रोडिङहाउजेनलाई २ -१ ले पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेको छ ।

वायर्नलाई जित दिलाउन सान्ड्रो वाग्नेर र थोमस मुलरले एक एक गोल गरेका थिए । रोडिङहाउजेनका लिनुस मेएरले एक गोल फर्काएका थिए ।

बार्यनका लागि खेलको ८ औ मिनेटमा वाग्नेरले गोल गर्दै वार्यनलाई अग्रता दिलाएका थिए ।

खेलको १३ औं मिनेटमा मुलरले पेनाल्टीमा गोलमार्फत गोल गरे ।

खेलको २३ औं मिनेटमा रेनेटो सान्चेजले पेनाल्टीमा गोल गर्न चुके ।

दोसो हाफमा रोडिङहाउजेनले एक गोल फर्काएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage