scheduleशनिवार जेष्ठ ११ गते, २०७६

अनिवार्य सैनिक सेवाको नियममाथि दक्षिण कोरियाको अदालतले दियो यस्तो फैसला

एजेन्सी, १५ कात्तिक । दक्षिण कोरियाको सर्वोच्च अदालतले एउटा ऐतिहासिक फैसला सुनाएको छ । उक्त फैसलामा उसले त्यहाँको सैनिक सेवामा लाग्नुपर्ने अनिवार्यतालाई अस्वीकार गर्नका लागि विवेकपूर्ण आपत्ति मान्य हुने आदेश दिएको छ ।

अदालतको यो फैसलाले त्यहाँको दशकौं लामो प्रक्रियामा रहेको ९३० मुद्दालाई प्रभाव पार्ने देखिएको छ ।

यसअघि पाँच दशकसम्म विवेकपूर्ण आपत्ति जनाएर अनिवार्य सैनिक सेवामा आवद्ध हुन अस्वीकार गर्ने त्यहाँका जनताहरुले सजाय पाउँदै आएका थिए । पूर्ण बेन्जको इजालसले त्यसको परम्परालाई तोड्न यो नयाँ फैसला लिएको हो । उत्तर कोरियासँग सम्बन्धमा सुधार आउँदै गएपछि दक्षिणले यो पछिल्लो नयाँ फैसला लिएको हो ।

१९६९ र २००४ को दक्षिण कोरियाली सर्वोच्च अदालतको फैसलाबाट उसले सैनिक सेवामा आबद्ध हुन धार्मिक आस्था र विवेकपूर्ण आपत्तिलाई अमान्य मान्दै आएको थियो ।

दक्षिण कोरियाको सैनिक सेवा ऐनले यदि कुनै सबल व्यक्तिले मान्य कारण बिना सैनिक सेवामा आबद्ध हुन अस्वीकार गर्छ भने त्यस्ता व्यक्तिलाई तीन वर्षसम्म जेल सजाय हुने व्यवस्था गरेको छ ।

अहिले दक्षिण कोरियाको अदालतमा सैनिक सेवा ऐन उल्लंघन गरेका लगभग ९३० मुद्दाहरु प्रक्रियामा छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob