scheduleबिहिवार कार्तिक २९ गते, २०७५

उत्तर कोरियामा यौन शोषणबारे एचआरडब्ल्युको यस्तो खुलासा

एजेन्सी, १५ कात्तिक । उत्तर कोरियामा महिलाविरुद्ध यौनशोषण सामान्य भएको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच एचआरडब्ल्युको एक प्रतिवेदनले बताएको छ । त्यहाँका सरकारी अधिकारीहरुले दण्डहिनताको माहोलमा महिलाहरुमाथि यौन दुर्व्यवहार गर्ने उक्त प्रतिवेदनमा उल्लेख छ ।

एचआरडब्ल्युले यौन शोषण त्यहाँको सामान्य जीवनको हिस्सा भएको बताएको छ ।

उक्त प्रतिवेदनलाई देशबाट भागेका ६२ जना उत्तर कोरियाली नागरिसँगको अन्तर्वार्ताको आधारमा तयार गरिएको हो । ती नागरिकहरुले बलात्कार तथा यौन शोषणका विस्तृत विवरण एचआरडब्ल्युलाई बताएका थिए ।

अनुसन्धान समूहले त्यस्तो खुलासाले उत्तरका शक्तिमा रहेका पुरुषहरुबाट महिलाहरुमाथि हुने खुल्ला तथा सम्बोधन नभएका दुर्व्यवहारहरुको खुलासा गरेको बताएका छन् ।

‘हामीलाई उनीहरु खेलौना ठान्छन् । हामीहरु पुरुषहरुको दयामा बाँचेका छौं ।’ ओ जुङ हीले प्रतिवेदनका लेखकहरुलाई बताइन् । ही एक पूर्व व्यापारी हुन् ।

उत्तर कोरियाजस्तो गोप्य मुलुकभित्रबाट यस्ता सूचनाहरु बाहिर निकाल्न निकै अप्ठ्यारो भएको र यस्तो निकै दुर्लभ हुने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob