scheduleबिहिवार कार्तिक २९ गते, २०७५

ज्वाईलाई पछि पार्दै ९८ अंक लिएर टपर भइन् ९६ वर्षकी वृद्धा

एजेन्सी, १६ कात्तिक । पाको उमेर डाँडाको घाम जून भन्ने उखान हाम्रोमा निकै चर्चित छ । यो उमेरलाई मानिसले जीवनसंघर्षपछिको अवकाशप्राप्त कालिन समय मान्छन् । आफ्नो शरीरसँग संघर्ष गर्ने र बिहान बेलुकी दुई छाक कुर्ने बाहेक यो उमेरका कुनै आशा, उत्साह र सपना हुँदैनन् । यस्ता अधिकांश बयोवृद्धा वरिपरी देख्दै आएका तपाई हामीलाई केरल राज्यकी एक वृद्धाको कहानीले होश उडाई दिनसक्छ ।

वास्तवमा ९६ वर्षको सेरोफेरोमा हिडीँरहेकी यी बयोवृद्धाको सय वर्ष पुग्दा मेट्रिक पास गर्ने लक्ष्य छ अनि सरकारी जागिर गर्ने सपना छ । एक युग बाँचेर जीवनलाई बिराम दिने समयमा यी बृद्धा नयाँ जीवन शुरु गर्न आफ्नै पछिल्ला नयाँ पीडिहरुसँग संघर्षको मैदानमा उत्रीएकी छिन् ।

९६ वर्षकी वृद्धाले अक्षरलक्ष्यम साक्षरता कार्यक्रम अन्तर्गत भएको टेस्ट परिक्षामा ९८ प्रतिशत अंक हासिल गरेकी छिन् । कार्तियानी अम्मा नाम गरेकी ती वृद्धा भारतस्थित केरेला राज्यकी बासिन्दा हुन् ।

उक्त कार्यक्रम ‘केरल स्टेट लिटरेसी मिशन’ अन्तर्गत शुरु गरिएको थियो ।

उक्त टेस्ट परिक्षामा कार्तियानीको पढ्ने, लेख्ने र गणितीय क्षमताहरुको मूल्यांकन गरिएको थियो । यो कार्यक्रम शिक्षामा पहिलेबाट नै अगाडी रहेको केरेला राज्यमा सय प्रतिशत साक्षरताको लक्ष्य हासिल गर्नका लागि शुरु गरिएको थियो ।

बीबीसी हिन्दीकी संवाददाता प्रमिला कृष्णनसँग कुराकानी गर्दै कार्तियानीले भनिन्, ‘मेरो पढाई अब रोकिने वाला छैन । म चाँडै चौथो कक्षाको पढाई पूरा गर्छु । अनि आठ र दश कक्षा पनि । जब मेरो उमेर सय वर्षको हुन्छ, म दश कक्षाको पढाई पूरा गर्छु । मलाई अझ खुशी लाग्ने छ । म त्यसपछि मेरो सरकारी नोकरी पनि होस् भन्ने चाहन्छु ।’

यो परिक्षाका कार्तियानी एक्लै थिइनन् । परिक्षामा उनको साथमा उनका ज्वाईले पनि तेस्रो कक्षाको परिक्षा दिएका थिए तर उसले आफ्नी सासु आमाभन्दा दश अंक काम जोर्न सफल भए ।

कार्तियानीको ज्वाईले परिक्षामा ८८ अंक ल्याएका थिए भने उनले ९८ अंक हासिल गरेकी थिइन् ।

कार्तियानीले पढ्ने रहर हुँदा हुँदै पनि परिवारको आर्थिक अवस्था कमजोर भएकोले आफूले सानोमा पढ्न नपाएको गुनासो पोखिन् । उनले भनिन्, ‘मैले बच्चाहरुले पढ्दै गरेको देखे र त्यहीँबाट मलाई प्रेरणा मिल्यो । यदि मैले बाल्यकालमै पढाई पूरा गरेका थिए भने आज म सरकारी अधिकारी हुने थिए ।’

कार्तियानीलाई पढाईमा प्रेरणा दिने उनी छोरी अम्मीनी अम्मा हुन् । छोरी अम्मीनीले पनि ६२ वर्षको उमेरमा दश कक्षा उत्तीर्ण गरेकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob