scheduleआइतवार मंसिर १ गते, २०७६

मन्त्री विष्टको नारा- अबको निकास, समृद्धि र विकास


गुल्मी १६ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अबको केही वर्षमा श्रम बेच्न विदेश भौतारिनु नपर्ने बताएका छन् ।

गुल्मी मालिका गाउँपालिका–८ मरभुङ सिमलटारीस्थित स्वास्थ्यचौकी भवनको शुक्रबार उद्घाटन गर्दै उनले नयाँ संविधान र सङ्घीयताको कार्यान्वयनसँगै तीन तहको निर्वाचन, त्यसको व्यवस्थापन तथा कानून निर्माणलगायतका काम भएको र अबको निकास समृद्धि र विकास भएको बताए ।

मन्त्री विष्टले देशमा धेरै योजना ठेकेदारको लापर्वाहीले अलपत्र भएको बताउँदै समयमै काम नसक्ने निर्माण व्यवसायीलाई सरकारले कानून परिवर्तन गरेर भए पनि कारवाही गर्ने धारणा व्यक्त गरे ।

तम्घास–सिमलटारी–प्यूठान सडक र धुर्कोट सव स्टेशनको काम सन्तोषजनक रुपमा अगाडि बढ्न नसकेको उल्लेख गर्दै मरभुङ सिमलटारी स्वास्थ्यचौकी जस्ता धेरै स्वास्थ्यचौकी आफ्नो क्षेत्रमा निर्माण भइरहेको बताए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage