scheduleमगलवार पौष ३ गते, २०७५

लक्ष्मीको पूजामा पहिरिनुहोस् यी रंगका वस्त्र, मानिन्छन् शुभ

एजेन्सी । नेपालीहरुको महान् पर्व तिहार सबैको आँगनैमा आइरहेको सन्दर्भमा घरहरुमा सरसफाई, रंगरोगन र सजावटको काम निकै तिब्रतापूर्वक चलिरहेको छ । यस पर्वमा घरमा लक्ष्मी आउने विश्वास गरिन्छ । यदि लक्ष्मी यो दिन खुशी भइन् भने वर्षभरी घरमा धनसम्पत्तिको वर्षा हुने विश्वास छ ।

लक्ष्मीलाई खुशी बनाउनका लागि पूजा प्रमुख विधि हो । पूजा गर्दाको समयमा तपाईले लगाउने पहिरनको प्रभाव पूजामा पनि परिरहेको हुन्छ । आज हामी तपाईलाई केही रंगका कपडाहरुका बारेमा बताउँदै छौं जसलाई तपाईले माता लक्ष्मीको पूजाको क्रममा लगाउनु भयो भने तपाईले ऐश्वर्य प्राप्त गर्नसक्नुहुन्छ भन्ने विश्वास हिन्दू धर्ममा गरिन्छ ।

पहेँलो रंग शुभको प्रतीक मानिन्छ । सूर्यको प्रकाश जनाउने पहेलो रंगले मानिसको भित्र उमंग, खुशीको भाव उत्पन्न गराउँछ । यसकारण लक्ष्मी पूजा गरेको समय यो रंगको वस्त्र लगाउनु शुभ मानिन्छ ।

पूजाको समय हरियो रंगको कपडा पहिरिनु पनि निकै उपयुक्त मानिन्छ । यदि तपाईले गाढा हरियो रंगको कपडा लगाउँदै हुनुहुन्छ भने त्यो अझै शुभ मानिन्छ । यो विश्वास, खुशीयाली, समृद्धी र प्रगतीको प्रतिक हो ।

लक्ष्मी पूजाको समयमा सकेसम्म नयाँ कपडा पहिरिएर पूजा गर्ने प्रयास गर्नुपर्छ । यदि यो गर्नसक्नु भएन भने पनि फोहोर कपडा भने नपहिरिनुहोस् ।

पूजाको समयमा भुलेर पनि कहिल्यै कालो कपडा धारणा गर्नु हुँदैन । यसलाई अशुभ र दुःखको प्रतीक मानिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob