scheduleबिहिवार कार्तिक २९ गते, २०७५

दुई गर्भमा बसेर जन्मिएको ऐतिहाँसिक बच्चाको यस्तो छ अनौठो कहानी

एजेन्सी, १८ कात्तिक । अमेरिकाका एक समलिङ्गी स्त्री जोडीले एउटा भ्रुणलाई पालै पालो आफ्नो गर्भमा राखेर जन्म दिएका छन् । डेलीमेल र न्युयोर्क पोस्टको अनुसार उक्त बच्चा सम्भवत विश्वकै पहिलो यस्तो बच्चा हो जसले दुईवटा गर्भमा शरण पाएको छ । यस घटनालाई इतिहाँसको दर्जा दिइएको छ ।

ती समलिङ्गी दाम्पतीले आफ्नो पहिलो सन्तानलाई जन्म दिनका लागि आईवीएफ प्रविधिको सहयोग लिएका थिए ।

यस कामका लागि जोडी मध्ये एक महिलाको डिम्बलाई प्रयोगशालामा लगेर एक डोनरको शुक्रकिटसँग मिलाएर विकसित गरिएको थियो । त्यसपछि जब त्यो भ्रुण बन्यो तब त्यसलाई एक महिलाको गर्भमा स्थानान्तरण गरियो । केही समयपछि पुनः त्यो भ्रुणलाई दोस्रो महिलाको गर्भमा लगेर राखियो र निश्चित समयपछि त्यसलाई जन्म दिइयो ।

ऐश्ले र ब्लिस काँल्टर नाम गरेका ती दुई महिलाले करिब ६ वर्षसम्म प्रेम सम्बन्धमा रहेपछि २०१५ को जुनमा विवाह गरेका थिए । दुबैजना सन्तानलाई जन्म दिएर अभिभावकको सुख लुट्न चाहन्थे तर समलिङ्गी भएको कारण त्यो सम्भव भैरहेको थिएन । तर पछि उनीहरुले आईवीएफ प्रविधिको सहारा लिएर आफ्नो इच्छालाई पूरा गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob