scheduleसोमवार माघ ७ गते, २०७५

माझी बस्ती निर्माणार्थ कोरियाबाट ४ लाख ५६ हजार सहयोग

कृष्ण पुरी, सौल, दक्षिण कोरिया, १८ कात्तिक । श्वेताश्री फाउन्डेसनद्वारा निर्माणाधीन एकीकृत नमूना माझी बस्तीको लागि कोरियाबाट ४ लाख ५६ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । बस्ती निर्माणमा आर्थिक संकट रहेको भन्दै सहयोगको निम्ति कोरियाबासी नेपालीहरुलार्इ अपिल आएपछि कोरियामा कार्यरत स्वतन्त्र राष्ट्रप्रेमी युवाहरुको पहलमा कोरियाबासी सहयोगी भावना भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबाट संकलित सहयोग रकम हस्तान्तरण गरिएको हो ।

स्वेता श्री फाउन्डेसनको पहलमा सिन्धुपाल्चोक साँगाचोक–१४ झ्याडीस्थित (५३ घर) एकिकृत नमूना माझी बस्ती निर्माणको लागि फाउन्डेसनलाई ४ लाख ५६ हजार ४ सय ७० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो ।

राष्ट्रियता, मानवता, आत्मियता, एकता , भाइचारा , सद्भाव र सकारात्मक संदेश छर्ने उदेश्य बोकेर संगठित भएका सामाजिक, परोपकारी र राष्ट्रप्रेम भावना भएका जुझारु युवाहरुद्वारा संचालित अभियान ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता’ अभियानको विशेष टिमको पहलमा संकलन गरिएको हो । उक्त रकम टेलिभिजनकाे एक लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासंग ‘कार्यक्रमका प्रस्तोता रवि लामिछानेको विशेष रोहवरमा फाउन्डेसनका अध्यक्ष तथा अभिनेत्री स्वेता खड्कालाई हस्तान्तरण गरिएको हो ।

बस्ती निर्माणमा आर्थिक अभाव भएको भन्ने समाचार प्रकाशित भएपछी कोरियामा रहेका केहि जागरुक युवाहरु रकम संकलन अभियानमा जुटेका थिए । करिब १ महिनाको अभियानबाट संकलित उक्त रकम एक कार्यक्रमकाबीच संयोजक अभियानकर्ता राम दत्त जोशी (नेपालको राम) तथा कोरियाबाट फर्केका सामाजिक अभियन्ताहरुको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै संयोजक जोशीले सम्पूर्ण सहयोगी दाता परोपकारी राष्ट्रप्रेमी मनहरुलाई विशेष धन्यवाद प्रकट गर्दै यसरी राष्ट्र निर्माणमा जुटेको फाउन्डेसनलाइ सहयोग गर्न पाउदा खुशी व्यक्त गरे । उनले प्रवासमा रहेर पनि राष्ट्र निर्माणमा चासो राख्नु हुने माझी बस्ती निर्माणमा सहयोग र साथ दिनुहुने सम्पूर्ण अभियन्ताहरु तथा मनकारी सहयोग दाताहरुमा हृदय देखिनै आभार प्रकट गरे । रोजगारीको शिलशिलामा कोरियामा आएका केहि राष्ट्रप्रेमी सचेत नागरिक सर्कलहरुद्वारा खोलिएको स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियानले यसभन्दा पहिला पनि सप्तरीको बर्दिबासमा मुसहर बस्ती निर्माणार्थ एक दिने श्रमदानसहित धुर्मुस–सुन्तली फाउन्डेसनलाइ १२ लाख रुपैंया, महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाइ १४ लाख रुपैयाँ र सामाजिक अभियन्ता के. पि. खनालद्वारा बाजुरामा निर्माणाधिन अनाथालयको लागि २ लाख १२ हजार रुपैयाँ, भूकम्प , बाढी, पहिरो र महामारीलगायत अन्य विभिन्न परोपकारी कार्यमा निरन्तर आर्थिक सहयोग गर्दै आएको छ ।

सहयाेग रकम हस्तान्तरणा कार्यक्रममा स्वतन्त्र राष्ट्रप्रेमी अभियानका प्रमुख अभियन्ता यम श्रेष्ठले भने, ‘राष्ट्रनिर्माण ,भावी पुस्ताको भविष्य निर्माण र प्रत्यक्ष राष्ट्रियतासँग सम्बन्धित विषयमा हाम्रो यस अभियानले लिने गरेको चासो, दिने गरेको समय र निर्वाह गर्ने गरेको उत्तरदायित्व र कर्तव्यबोधलार्इ तन, मन ,वचन र धनले खुलेर साथ, सहयोग, हौसला र माया दिनुहुने देश तथा विदेशगरी संसारभरि छरिएर रहनुहुने र खासगरि कोरियामा रहनुहुने नेपाल आमाका हरेक सन्ततीहरुप्रति हामि सदैव कृतज्ञ छौँ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob