scheduleबिहिवार कार्तिक २९ गते, २०७५

संसारका धेरै देशमा फरक ढंगले मनाइन्छ दिपावली, कहाँ कसरी मनाइन्छ ?


काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार सोमबारदेखि सुरु भएको छ ।

चन्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।

तिहारको महत्वपूर्ण दिन दिपावली पनि हो । तर, दिपावली पर्व नेपालमा मात्रै नभएर विश्वभरी मनाइन्छ । कहाँ कसरी मनाइन्छ दिपावली ? यहाँ हामी केही चर्चा गर्नेछौं-

दिपावली केवल हिन्दूहरुको बीचमा मात्र सीमित छैन । तर, कतिपय देशमा यसो अर्थ र महत्व अलि फरक छ । श्रीलंका, म्यानमार, थाइल्याण्ड, मलेसिया, सिंगापुर, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्याण्ड, फिजी, मरिसस, केन्या, ताञ्जानिया, दक्षिण अफ्रिका, युयाना, सुरीनाम, त्रिनिदाद र टौब्यागो, नेदरल्याण्ड, क्यानडा, बेलायत र अमेरिकामा पनि दिपावली भव्यताका साथ मनाइन्छ । कतिपय देशमा भने दिपावली जस्तै आगोको पर्व मनाइन्छ । हरेक ठाउँमा यसको नाम फरक छ, यसलाई मनाउने परम्परा र मान्यता पनि फरक छ ।

नेपालभन्दा बाहिर बहुसंख्यकले दिपावली मनाइने देश छिमेकी राष्ट्र भारत हो । त्यहाँ हिन्दू जनसंख्या उल्लेख्य रहेको छ । दिवालीको रुपमा दिपावलीलाई भारतमा भव्यरुपमा मनाइन्छ ।

नेपालभन्दा बाहिर भारतपछि सबैभन्दा बढी दिपावली मनाइने देश बेलायतको जंगलले घेरिएको शहर लेस्टर हो । त्यहाँ बस्ने हिन्दू, जैन र सिख समुदायले धूमधामरुपले दिपावली मनाउँछन् । अन्य धर्म मनाउनेहरुले पनि दिपावली मनाउने चलन त्यहाँ छ । आफन्तलाई मिठाई बाँढ्ने र सडकमा निस्किएर पटाका पड्काउने चलन त्यहाँ छ ।

बेलायतमा १६०५ देखि एउटा यस्तो पर्व मनाइन्छ, जसको अलग्गै महत्व छ । आधा रातमा म्यारी शहरलाई प्रकाशले प्रज्वलित बनाइन्छ । यस्तो आगोको पर्व हरेक वर्ष ५ नोभेम्बरमा मनाइन्छ ।

दीपावलीजस्तै जापानमा ओनियो फेयर फेस्टिभल धुमधामका साथ मनाइन्छ । जनवरीमा मनाइने ओनियो फेस्टिभल जापानको सबैभन्दा पुरानो चाडपर्व हो । फुकुओकामा दिपावलीजस्तै प्रकाशको पर्व धुमधामसँग मनाइन्छ । यसक्रममा संकटलाई नष्ट गर्न मसाल जलाइन्छ । त्यहाँ आगोको बत्तीलाई मन्दिरबाट बाहिर निकालेर अर्को स्थानसम्म लगिन्छ । जापानमा सेतो लुगा लगाएर मसाल घुमाउने गरिन्छ ।

त्यसैगरी अमेरिकाको अल्टूना शहरमा हरेक वर्ष ३१ अक्टोबरदेखि १ नोभेम्बरसम्म ‘स्यामहेन’ पर्व शानदाररुपमा मनाइद्द५ । भूतको सम्मानमा आयोजित यस पर्वको क्रममा आगो बालिन्छ । मनोरञ्जनका लागि फरक फरक ढंका कार्यक्रम हुने हुनाले अन्य मानिसहरु पनि सहभागी भएर कार्यक्रमबाट मनोरञ्जन लिने गर्दछन् ।


थाइल्याण्डमा पनि दिपावलीलाई लाम क्रियोंघको नामबाट मनाइन्छ । केराको पातबाट बनेको बत्ती र धूप बालेर राति उज्यालो बनाइन्छ । यसमा पैसा पिन राखिन्छ । बलिरहेको बत्तीलाई नदीमा बगाउने गरिन्छ ।

त्यसैगरी सिंगापुरमा पनि दिपावली पर्वको लागि रंगोलीको परम्परागत चित्र बनाइन्छ । जुन असाध्यै सुन्दर देखिन्छ । सिंगापुरको दिपावलीको तस्बिर देखेरै अनुमान गर्न सकिन्छ कि त्यहाँ दिपावलीलाई महत्व दिइन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob