scheduleआइतवार जेष्ठ १८ गते, २०७७

अब बन्ने पुल चार लेनका

काठमाडौं, २१ कात्तिक । बढ्दै गएको जनसङ्ख्या, मानव सिर्जित गतिविधि र सवारी साधनलाई मध्य नजर गर्दै अब बन्ने पुलहरु चार लेनको निर्माण गर्ने नीति सरकारको रहेको पुल महाशाखाले जनाएको छ ।

अबका दिनमा नेपाल–भारत, नेपाल–चीन जोडिने ‘क्रस–बोर्डर’ पुलहरुलगायत राजमार्गका पुलहरु समेत चार लेनकै निर्माण गरिने नीति सरकारको रहेको छ ।

Dish_Home

महाशाखाका अनुसार, सरकारको पाँच वर्षे रणनीतिक योजनाअन्तर्गत रहेका नेपाल–भारत जोडिने महाकाली नदी, जनकपुर–जटहीको छ लेन सडकमा तीन वटा, भैरहवा–बुटवल सडकखण्डमा दुई वटा, नेपालगञ्ज–सुर्खेत सडकखण्डमा पाँच वटा, वीरगञ्ज–पथलैया छ लेनको सडकखण्डमा एउटा, पूर्वपश्चिम महेन्द्र राजमार्गको पथलैया–दुधौरा नदीमा एउटा चार लेनको पुल निर्माण सुरु गरिएको छ ।

त्यसैगरी, नारायणगढ–बुटवल, बुटवल–कोहलपुर सडकखण्ड, काठमाडौँ–पोखरा सडकखण्डमा समेत चार लेनको सडक बिस्तारसँगै चार लेनकै पुल बनाउने तयारी भइरहेको महाशाखाले जनाएको छ ।

निर्माणाधिन एकहजार ४८१ का अतिरिक्त राजमार्गका एकहजार ७०० र स्थानीय स्तरमा ५०२ गरी मुलुकभरि दुईहजार दुई पुल अहिले सञ्चालनमा रहेको पुल महाशाखाले जनाएको छ । त्यसैगरी, अहिले स्थानीय स्तरबाट सात सय पुल निर्माणको माग रहेको छ भने विभिन्न राजमार्गमा थप पाँच सय पुल निर्माणको आवश्यकता देखिएको पुल महाशाखाले जनाएको छ ।

राजमार्गमा चार लेनका १०वटा निर्माणाधिन अवस्थामा रहेको पुल महाशाखाले जनाएको छ । अरु सबै पुल दुई लेनका मात्र रहेका छन् । धनुषाको जनकपुर–जटही, जनकपुर–ढल्केबर, महेन्द्रराजमार्ग अन्तर्गत बाराको दुधौरा नदी लगायत महेन्द्र राजमार्गका १०वटा पुल चार लेनमा रुपान्तरित भइरहेको जानकारी महाशाखाका उपमहानिर्देशक थापाले दिनुभयो । दुई लेन सडक भएको ठाउँमा थप दुई लेन नै सडक निर्माण गर्दा पुलहरु समेत दुई लेनकै निर्माण गर्ने गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय