scheduleबिहिवारबैशाख ९ गते, २०७८

शुभकामनामा समृद्धिका कुरा, कस्को शुभकामना कस्तो ?


काठमाडौँ, २० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालीबीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्वका साथ देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको महाअभियानमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेकी हुन् ।

उनले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने उल्लेख गरेकी छिन् ।

तिहार पर्वमा प्रत्येक नेपालीको घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने गरिन्छ ।

यसैबीच राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना हिन्दूको दोस्रो ठूलो चाड शुभ–दीपावली २०७५ को पावन अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले आज शुभकामना सन्देश जारी गरी पर्वका अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

सन्देशमा चाडपर्वमध्येको रंगिन तथा उज्यालो पर्वका रुपमा रहेको दीपावलीलाई सांस्कृतिक तथा धार्मिक मौलिकताको संरक्षण एवं संवद्र्धन गर्दै विकृतिरहित बनाउने दिशामा सबै सजग रहन जरुरी आग्रह गरिएको छ ।

पर्वको पुनित अवसरमा मुलुकमा दीर्घकालीन राजनीतिक स्थायित्वसहित समृद्धि हासिल भई सम्पूर्ण नेपालीको ओठमा हाँसो आउन सकोस् भनिएको छ ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा मनाइँदै आएका विभिन्न चाडपर्व, संस्कृतिहरू सुन्दर बगैँचाका रंगिन फूलहरू जस्तै रहँदै आएका र विभिन्न जात धर्म समुदाय विशेषका आ–आफ्नै चाडपर्व छ नेपालको मौलिक पहिचान बोकेको सन्देशमा उल्लेख छ ।

शुभकामना सन्देशमा खुशी र उमङ्ग बोकेर आएको दीपावली विशेषतः दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध अझ प्रगाढ बनाउने पर्वका रुपमा लिइने र मखमली फूलको माला र सप्तरङ्गी टीकासँगै आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै मनाइने भएको हुँदा पर्वकोे ऐतिहासिक महत्व रहेको उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay