scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

नेपाली मूलका ह्यारी भण्डारीले अमेरिकाको प्रतिनिधिसभामा चुनाव जिते

काठमाडौं, २१ कात्तिक । नेपाली मूलका ह्यारी भण्डारीले अमेरिकामा मंगलबार सम्पन्न निर्वाचनमा जीत हात पारेका छन्। प्रतिनिधीसभा सदस्यका लागि तीन जना निर्वाचित हुने प्रावधान रहेको चुनावमा उनले मेरिल्यान्डको ‘डिस्ट्रिक्ट ८’ बाट दोस्रो स्थानमा आफूलाई विजयीका रुपमा उभ्याउन सफल भएका हुन्। उनले बीस हजारभन्दा बढी मत ल्याएका छन्।

डेमोक्र्याटिक दलका तर्फबाट उनी तल्लो सदन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी अमेरिकी राजनीतिको उपल्लो तहमा निर्वाचित हुने नेपाली मूलका पहिलो व्यक्ति बनेका छन्।

भण्डारी पेशाले शिक्षक हुन्।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob