scheduleबिहिवार कार्तिक २९ गते, २०७५

कार, बाइकमा लागेको स्क्रेचलाई यसरी हटाउनुहोस्

एजेन्सी, २१ कात्तिक । कार बाइकमा स्क्रेच हुनु स्वभाविक कुरा हो । तर यसले लाखौं कराडौं पर्ने तपाईको सवारी साधनलाई एकैपटकमा कुरुप बनाइदिन्छ । यस्तो अवस्थामा तपाईले गाडीलाई पुनः सुन्दर बनाउन त्यस भागलाई नयाँ लगाउनुपर्छ वा त्यसलाई मर्मत सम्हार गर्नुपर्छ । यसो गर्दा तपाईलाई धेरै खर्च लाग्नसक्छ ।

तर अब तपाईले यसका लागि तनाव लिनु पर्दैन किनभने हामी तपाईलाई यो समस्याको एउटा सुलभ समाधान बताउँदै छौं । जसका लागि तपाईलाई मात्र दश रुपयाँको आवश्यक छ ।

आफ्नो बाहनलाई सुन्दर राख्नका लागि सबैभन्दा पहिले तपाई एउटा टूथपेस्ट किन्नुहोस् । यसलाई बनाउनका लागि बेकिङ सोडाको प्रयोग गरिएको हुन्छ जसले धातुमा लागेको खियालाई पनि सफा गर्ने काम गर्छ ।

यो कार वक्स जस्तै जेलको स्वरुपमा हुन्छ र यसलाई बाहनको पेन्टिङमा लगाउन सजिलो हुन्छ । यदि यो तरल स्वरुपमा हुन्थ्यो भने यसलाई लगाउँदा यो बगेर जाने थियो ।

यसलाई प्रयोग गरेर क्षणभरमै स्क्रेच हटाउने विधि छ जुन तपाईलाई हामी बताउने छौं । सबैभन्दा पहिले टूथपेस्टलाई कम मात्रामा स्क्रेच भएको भागमा लगाउनुहोस् । त्यसपछि त्यस भागलाई कटनको कपडाले विस्तारै रगड्नुहोस् । पूरै लागेपछि त्यसलाई पानीले धुनुहोस् । तपाईले स्क्रेच धेरै हदसम्म हराएको पाउनु हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob