scheduleबिहिवार कार्तिक २९ गते, २०७५

म्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि रोनाल्डोले दिए यस्तो प्रतिक्रिया

काठमाडौँ । गएराति भएको च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले प्रतिक्रिया दिएका छन् । खेलमा उनले गोल गर्दै म्यानुलाई अग्रता दिएका तर, अन्तिम पाँच मिनेटमा म्यानुले दुई गोल फर्काएपछि युभेन्ट्स पराजित भएको थियो । रोनाल्डोले भनेका छन्, ‘म्यानुले खेल जित्ने खालको खेल प्रदर्शन गरेन । युभेन्ट्सको अगाडि निरिह देखिएको म्यानुलाई अन्तिम पाँच मिनेट भाग्यले साथ दियो । तर, खेल जित्ने खालेको खेल भने प्रदर्शन गर्न म्यानु चुकेको थियो ।’

उनले भनेका छन्, ‘९० मिनेटसम्म हामीले उत्कृष्ट खेल खेल्यौ । तर, अन्तिम पाँच मिनेटमा हामीले आफ्नो लय बिर्सियौँ । हामीलाई सजाय मिल्यो ।’
खेलको अन्तिम मिनेटमा लियोनार्दो बोनुसीले आत्मघाती गोल गर्दा म्यानुले महत्वपुर्ण तीन अंक जोड्न सफल भएको थियो ।

यो जितसँगै म्यानुको चार खेलमा सात अंक भएको छ भने अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । युभेन्ट्सले ९ अंक जोडेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob