scheduleबिहिवार कार्तिक २९ गते, २०७५

सामसोङले सार्वजनिक गर्‍यो फोल्डिङ्ग फोन, एकैपटकमा तीनवटा एप चलाउन सकिने

एजेन्सी, २२ कात्तिक । सामसोङले सान फ्रान्सिस्कोमा आयोजित एउटा समारोहबीच आफ्नो फोल्डीङ ह्याण्डसेट सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो इनफिनीटि फ्लेक्स डिस्प्लेलाई भोलीका स्मार्टफोनको आधार भएको बताएको छ । साथै उसले यसको उत्पादन यसै महिनाभित्रबाट शुरु गर्ने पनि बताएको छ ।

उक्त ह्याण्डसेट फोल्ड नहुँदा ७.३ इन्चको ट्याबलेटजस्तो देखिन्छ । फोल्ड हुँदा ह्याण्डसेटको अर्को भागमा रहेको सानो भिन्न ‘कभर डिस्प्ले’ प्रयोगका लागि खुल्छ ।

सामसोङले यो ह्याण्डसेटलाई कसरी ब्राण्ड गर्छ भन्ने कुराको खुलासा गरेको छैन । यद्यपी उसले त्यसमा एकैपटक तीनवटासम्म एप्स चलाउन सकिने बताएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob