scheduleबिहिवार कार्तिक २९ गते, २०७५

एक अर्ब ६० करोडको आर्इपीओ निष्काशनबारे जान्नुहोस्

काठमाडौं, २२ कात्तिक । १० अर्ब रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएको नेपाल पुनर्बीमा कम्पनीले आगामी तीन महिनाभित्रमा इनिशियल पब्लिक अफरिङ्ग (आर्इपीओ) जारी गर्ने भएको छ । कम्पनीले एक अर्ब ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो ।

आइपीओ निष्काशनको व्यवस्थापनका लागि राष्ट्रिय वाणिज्य बैंक (आरबिबी मर्चेण्ट) लाई तोकिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले आगामी दुई–तीन महीनाभित्रमा आर्इपीओ जारी गरिने जानकारी दिए ।

उनले अन्तर्राष्ट्रियस्तरका ११ वटा कम्पनीसँग कारोबार भइरहेको पनि बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob