scheduleसोमवार आश्विन ६ गते, २०७६

क्यालिफोर्नियाको बारमा गोली चल्दा धेरै घाइते

एजेन्सी, २२ कात्तिक । बुधबार राति दक्षिण केलिफोर्नियाको एउटा बारमा गोली चल्दा धेरै मानिसहरु घाइते भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

लस एन्जलस टाइम्सलाई प्रहरीले बताए अनुसार बोर्डरलाइन बार एण्ड ग्रिलमा ३० राउण्ड गोली चलेको थियो । घाइतेहरुको अवस्थाबारे हालसम्म केही सार्वजनिक भएको छैन ।

द दाइम्स अखबारको खबर अनुसार मानिसहरुलाई पिटिएको र गोली चलाइएको खबरहरु धेरै आएका छन् । हाल त्यहाँ आपतकालिन उद्धारकर्ता तथा कानूनी अभियोजनकर्ताहरु आइरहेको बताइएको छ ।

प्रशासनले मानिसहरुलाई त्यस ठाउँ छोड्न आह्वान गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage