scheduleबिहिवार कार्तिक २९ गते, २०७५

देउसी खेल्न हिंडेको जीप दुर्घटना हुँदा २० घाइते, पाँचको अवस्था गम्भीर

दाङ, २२ कात्तिक । दाङमा देउसी–भैलो खेल्न जाँदै गरेका व्यक्तिहरु चढेको जीप दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका –७, राजापुरमा लु १ च ७५१६ नम्बरको जीप दुर्घटना हुँदा देउसी–भैलो खेल्न जाँदै गरेका २० जना घाइते भएका हुन् ।

तुलसीपुर बजारबाट आदर्श युथ क्लबको टोली पर्सेनीमा देउसी–भैलो खेल्न जाँदै गर्दा तीव्र गतिका कारण जीप दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । केही घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ भने केहीको घोराही र नेपालगञ्ज रिफर भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले जनाएको छ । दुर्घटना पछि जीप चालक फरार भएका छन् ।

दुर्घटनामा परेका पाँचको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob