scheduleबिहिवार कार्तिक २९ गते, २०७५

तीन राप्रपा एक महिनाभित्रै एक हुने, आलंकारिक राजसंस्थाको पक्षमा : अध्यक्ष लोहनी

फाइल फोटो

काठमाडौं, २२ कात्तिक । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीन वटै राप्रपाबीचको एकता प्रक्रियाको काम ९० प्रतिशत सम्पन्न भैसकेकोले अब एक महिनाभित्र एकता हुने घोषणा गरेका छन् ।

बिहीबार राजधानीमा ओयोजित देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो खुलासा गरेका हुन् । उनले भने, ‘एकता एक महिनाभित्रै सम्पन्न हुन्छ । कार्यकर्ताको चर्को दबाब छ । त्यही भएर हामी अब मिलेर जान्छौं । एकताको लागि ९० प्रतिशत काम सकियो ।’

उनले पार्टीको नेतृत्व कसले गर्ने भन्नेबारेपनि कुनै विवाद नरहेको स्पष्ट पारे । उनले भने, ‘अध्यक्षमा पनि कुरा मिलेको छ । हामी तीनै जना नेताहरु मिलेर जान्छौं । यसमा कुनै दुई मत छैन ।’

एकतापछिको पार्टीको राजनीतिक कार्यदिशा भने आलंकारिक राजसंस्था र सनातन हिन्दूराष्ट्र बनाएर जाने पनि उनले जनाए । लोहनीले भने, ‘कतिपय पार्टीका नेताहरुले पनि यो धारणा राखेका छन् ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob