scheduleबिहिवार कार्तिक २९ गते, २०७५

संघीयता कार्यान्वयन संकटमा : प्रमुख सचेतक खाँड

धनुषा, २२ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश सरकारलाई अख्तियारी नदिएकाले संघीयता कार्यान्वयन सङ्कटमा परेको बताएका छन् ।

जनकपुरमा आज पत्रकारसँग नेता खाँणले नागरिकको आधारभूत आवश्यक्ता पूरा गर्नसमेत सरकार सफल नभएको बताए । उनले मुलुकमा हत्या, हिंसा बढेको र दोषीलाई सरकारले कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाए ।

सरकार सञ्चालन गर्न बहुमत रहेकै बेला अन्य दललाई सरकारमा सहभागी गराएर दुई तिहाइ पु¥याए पनि संविधान संशोधनको कुरा अघि बढ्न नसक्नु दुखद रहेको खाँणको भनाइ थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob