scheduleबिहिवार कार्तिक २९ गते, २०७५

काठमाडौंमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

काठमाडौं, २२ कात्तिक । काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने १२ वर्षीय बालिका सामूहिक बलात्कारको शिकार भएकी छिन् । उनलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं माछापोखरी बस्ने धादिङ चैनपुरका २१ वर्षीय रविन इटनी, सोही ठाउँ बस्ने बर्दिया बनगाहका ३० वर्षीय डिल्लीराम थारू र २८ वर्षीय बिक्कु थारूसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले बालिकालाई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानीस्थित कोठामा लगी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob