scheduleआइतवार जेष्ठ २ गते, २०७८

उपराष्ट्रपतिद्वारा तीन बहिनीसँग भाइटीका


काठमाडौं, २३ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भाइटीका लगाएका छन् । उनले आफ्नी एक मात्र दिदी रोल्पामै रहेकोले नजिकका तीन बहिनीहरुसँग टीका लगाएका हुन् ।

शुक्रबार बिहान ११ः५५ बजे उपराष्ट्रपति निवास कपुरधारामा पुनलाई चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाले भाइटीका लगाइदिएका हुन् ।

उनका प्रेस सल्लाहकार मनोज घर्तीमगरका अनुसार भाइटीका लगाइसकेपछि उपराष्ट्रपति पुन निवासमै खानपिन गरेर रमाइलो गरिरहेका छन् ।

जनयुद्धका सैन्य कमाण्डर पुन पासाङ नामले चर्चित थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय