scheduleआइतवार जेष्ठ २ गते, २०७८

दुई बहिनी काठमाडौं बोलाएर साइतमै टीका लगाए प्रधानमन्त्रीले


काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमै आफ्ना दुई बहिनीहरुबाट भाइटीका ग्रहण गरेका छन् ।

प्रधानमन्त्री ओलीले जेठी बहिनी विष्णुमाया ढकाललाई चितवनबाट र माहिली बहिनी कमलादेवी कोइरालालाई काँकडभिट्टाबाट काठमाडौं बोलाएर साइतमै टीका लगाएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार चिकित्सकहरूले आराम गर्नू भनेकाले स्वास्थ्यलाई ख्याल गर्दै प्रधानमन्त्रीको भाइटीका बालुवाटारमै तय गरिएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय