scheduleआइतवार भाद्र ८ गते, २०७६

रुकुममा पत्रकारलाई छुरी प्रहार, कांग्रेस प्रवक्ताद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण


काठमाडौं, २४ कात्तिक । रुकुममा कार्यरत पत्रकार लोकेन्द्र खनालमाथि छुरी प्रहार भएको छ । छुरीप्रहारको घटनाको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निन्दा गरेका छन् ।

शुक्रबार राति ट्वीट गर्दै प्रवक्ता शर्माले भनेका छन्, ‘नागरिक दैनिकका रुकुम संवाददाता युवा पत्रकार लोकेन्द्र खनालमाथी आज रुकुममा भएको छुरी प्रहारको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै घटनाको तीब्र निन्दा गर्दछु ।’ उनले तत्काल घटनामा संलग्न दोषीहरु पक्राउ गरी कारबाहीको दायरामा ल्याउन र अन्य घाइते समेतको उपचार प्रबन्ध मिलाउन अपिल गरेका छन् ।

प्रेस युनियन रुकुमका सचिव समेत रहेका खनालमाथिको आक्रमणको विषयलाई लिएर प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक प्रेस विज्ञप्ति जारी गर्दै निन्दा गरेका छन् । शिवाकोटीले नेकपाका कार्यकर्ताले नियोजितरुपमा सांघातिक आक्रमण गरेको आरोप लगाएका छन् । उनले पत्रकारमाथिको यो आक्रमणलाई राज्य संरक्षित गुण्डागर्दीको संज्ञा दिएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage