scheduleसोमवार जेष्ठ १२ गते, २०७७

के होला प्रदेश ३ को नाम ? मन्त्री दुलाल भन्छन्- अब नाम र राजधानी निर्णय हुन्छ


हेटौँडा, २४ कात्तिक । प्रदेश नं ३ का प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामकरण छिटो टुङ्गो लाग्ने जनाएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार तिहार र छठको बिदापश्चात् बस्ने प्रदेशसभा बैठकबाट नामकरण र स्थायी राजधानीको टुङ्गो लाग्ने बताइएको छ ।

प्रदेशको राजधानी र नामकरणसम्बन्धी गठित आयोगबाट तयार गरिएको प्रतिवेदन प्रदेश सरकारलाई बुझाइ सकिएकाले त्यसबारे अब छिट्टै टुङ्गो लाग्ने जनाएको छ ।

Dish_Home

यसैबीच प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशको राजधानी र नामकरण छिट्टै प्रदेशसभा बैठकबाट टुङ्गिने बताए ।

हेटौंडाका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, उद्योगी, व्यवसायी, बुद्धिजीवीले हेटौँडालाई स्थायी राजधानी घोषणा गर्नुपर्ने माग गर्दै आएका छन् । हेटौंडा बाहिरका सांसद र जनमानसले भने हेटौंडा प्रदेश ३ को केन्द्र नपर्ने भन्दै उपयुक्त स्थानमा सार्न माग गर्दै आएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय