scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

दुई सय दिन अघि नै काम पूरा गर्ने ठेकेदारलाई ४४ लाख पुरस्कार

काठमाडौँ, २५ कात्तिक । तोकिएको समय अघि नै काम पूरा गर्ने ठेकेदारलाई सम्मान गरिएको  छ । बझाङका निर्माण व्यवसायी दल विष्ट तोकिएको समयअगावै काम पूरा गर्दा सम्मानित भएका हुन् । उनलाई स्थानीयवासीसँगै सरकारी कार्यालयले पनि सम्मान गरेका हुन् ।

निर्माण–व्यवसायी विष्टले बिकोई बिल्डर्स प्रालिमार्फत बझाङमा निर्माणको काम गरेका थिए । उनले बाउली गाड र सेतीनदीमा तटबन्ध निर्माणको काम तोकिएको समयभन्दा अगाडि नै पूरा गरेका हुन् । त्यस्तै, जिल्ला मालपोत कार्यालय र जिल्ला हुलाक कार्यालयको भवन पनि ठेक्काको म्यादअघि नै सम्पन्न गरेका छन् ।

निर्माण–व्यवसायी विष्टले सम्मानसँगै नगद पुरस्कार पनि पाएका छन् । दुइटा सरकारी कार्यालय भवन निर्माण गर्दा ४४ लाख पुरस्कार पाएका हुन् । नयाँपत्रिकामा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय