scheduleआइतवार भाद्र ८ गते, २०७६

पूर्वराष्ट्रपति ओबामाकी श्रीमतीले आफ्नै छोरीहरुबारे गरिन् यस्तो खुलासा

एजेन्सी, २५ कात्तिक । अमेरिकी राष्ट्रपति बाराक ओबामाकी श्रीमती मिशेल ओबामाले आफ्नी छोरीहरुको बारेमा एउटा खुलासा गरेकी छिन् । उनले आफ्ना दुबै छोरीहरु इन भिट्रो फर्टिलाइजेशन आइभिएफ प्रविधिबाट जन्माएको बताएकी छिन् ।

मिशेल ओबामाको पुस्तक ‘बिकमिङ’ १३ नोभेम्बरमा प्रकाशित हुँदैछ । ४२६ पृष्ठ लामो यस पुस्तकमा मिशेलले ह्वाइट हाउस बसाईको दौरान भोगेका सबै अनुभवहरुलाई समेटेकी छिन् । त्यस बाहेक पुस्तकमा उनले आफ्नो व्यक्तिगत जीवनका धेरै यस्ता हिस्साहरुका बारेमा बताएकी छिन् जुन अहिलेसम्म सार्वजनिक भएका थिएनन् ।

केही दिन अघिमात्र मिशेलले अमेरिकी च्यानल एबीसीलाई एउटा अन्तर्वार्ता दिएकी थिइन् जसमा उनले आफ्ना दुबै छोरीलाई आइभिएफ प्रविधिबाट जन्माएको खुलासा गरेकी थिइन् । उनले च्यानलसँग भनिन्, ‘मलाई लागेको थियो म असफल भैसकेको छु किनभने मलाई थाहा थिएन गर्भपतन कति आम कुरा हो भनेर, किनभने मानिसहरु यसबारेमा धेरै कुराकानी गर्दैन थिए ।’

५४ वर्षीय पूर्व अमेरिकी प्रथम महिला मिशेलले आफ्नो गर्भपतन हुँदा आफू निकै नै नराम्रो अवस्थाबाट गुज्रिनु परेको सुनाइन् । त्यस समय उनले आफ्नो बच्चा जन्माउन आइभिएफ प्रविधिको प्रयोग गर्नुपरेको थियो ।

अहिले उनीहरुको छोरी मालिया २० र साशा १७ वर्षका भएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage