कंगोमा इतिहाँसकै खराब इबोला संक्रमण, ३१९ जनाको मृत्यु भएको पुष्टि
एजेन्सी, २५ कात्तिक । गणतान्त्रिक मुलुक कंगो उसको इतिहाँसकै सबैभन्दा खराब इबोला संक्रमणबाट गुज्रिरहेको त्यहाँको स्वास्थ अधिकारीहरुले बताएका छन् ।
कंगोको संक्रमित पूर्वी क्षेत्रमा सशस्त्र समूहबाट हमला र समुदायबाट प्रतिरक्षाका कारण त्यहाँको अवस्था अझै बिग्रने चेतावनीहरु आइरहँदा यो पछिल्लो भनाई आएको हो ।
गत अगस्टमा इबोला संक्रमण फैलिएको खबर आएयता उत्तरी किभु र इतुरी राज्यमा ३१९ वटा अस्पतालका केसहरुलाई इबोला भएको पुष्टि गरिएको साथै यी राज्यबाट सम्भावित अझै केसहरु आउन सक्ने त्यहाँका स्वास्थमन्त्री ओली इलुङ्गा कालिङ्गाले बताएका छन् ।
१९७६ मा पहिलोपटक यामबुकुमा पहिचान हुँदा करिब ३१८ मानिसहरु मरेका थिए भने यो पछिल्लो संक्रमणले त्यो संख्यालाई पार गरिसकेको छ ।