scheduleमगलवार पौष ३ गते, २०७५

डेम्बेलेलाई प्रशिक्षकले किन दिए चेतावनी

काठमाडौँ, २७ कात्तिक । बार्सिलोनाका युवा फरवार्ड ओस्माने डेम्बेलेलाई फ्रान्सको राष्ट्रिय टिमका प्रशिक्षक डिडियर डेसच्याम्पसले चेतावनी दिएका छन् । राष्ट्रिय टिमका प्रशिक्षक डेसच्याम्पसले डेम्बेलेलाई आफ्नो बानी सुधार्न भनेका छन् । उनी अभ्यास सत्रमा ढिलो आउने, मैदानमा बिभिन्न खालको हर्कत देखाउन थालेपछि प्रशिक्षकले चेतावनी दिएका हुन् ।
उनले भने ‘मैले डेम्बेलेको यस्तो गल्तीको बारेमा क्लबका पदाधिकारीसँग कुरा गरेको छैन । किनकी म यो गतिबिधिको बारेमा संलग्न हुन पनि चाहन्न । यसको व्यवस्थापन गर्ने भन्ने जिम्मा क्लबकै हो ।’
उनले थपे ‘डेम्बेले प्रायः ढिलो आउने गर्छन् । मलाई लाग्छ यो यस्तो समस्या धेरै खेलाडीहरुमा छ । यो कुरामा सुधारको आवश्यकता छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob