scheduleमगलवार पौष ३ गते, २०७५

रियल मड्रिडको मुख्य प्रशिक्षकमा सान्टियागो सोलारीलाई निरन्तरता दिने निर्णय

काठमाडौँ, २७ कात्तिक । संकटमा रहेको स्पेनिस क्लब रियल मड्रिडमा केही सुधारको छनक देखाएपछि मुख्य प्रशिक्षकमा सान्टियागो सोलारीलाई नै निरन्तरता दिने निर्णय गरेको मिडिया रिपोर्टमा उल्लेख । प्रशिक्षक जुलेन लोपेतेगुई बर्खास्त परेपछि उनी अन्तरिम प्रशिक्षकका रुपमा नियुक्त भएका थिए ।

उनी नियुक्त भएपछि रियलले लगातार चार खेलमा जित निकाले सफल भएको थियो । क्लबले सुधारिएको खेल प्रदर्शन गरेपछि क्लबको जिम्मेवारी उनलाई नै दिने निर्णय गर्न लागेको हो । क्लबले इटालियन कोच एन्टोनियो कोन्टेलाई अनुबन्ध गर्ने तयारी गरेको तर अन्तिम मिनेटमा उनीसँग कुरा नमिलेपछि सोलारिलाई नै निरन्तरता दिने निर्णय भएको बताइएको छ । हाल रियल मड्रिड अंक तालिकाको छैटौ स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob