scheduleमगलवार पौष ३ गते, २०७५

बंगलादेशविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ, २७ कात्तिक । जापान ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटको अन्तिम खेलमा नेपाललाई आज बंगलादेशविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार अपरान्ह २ः१५ बजे याङगोनस्थित थुनुवा स्टेडियममा सुरु हुनेछ ।

पहिलो खेलमा भारत र दोस्रो खेलमा म्यानमारसँग बराबरी खेल्दै दुई अंक जोडेको नेपालका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ ।

दुई अंक जोडेको नेपाल समु सी को तेस्रो स्थानमा रहेको छ । त्यस्तै भारत र म्यानमारको समान चारचार अंक रहेको छ । बंगलादेश अंक बिहिन हुँदै चौथो स्थानमा रहेको छ ।
नेपालले बंगलादेशविरुद्ध धेरै गोल अन्तरको जित निकाल्नु पर्ने दबाब रहेको छ ।
भारत र म्यानमारबीचको खेल पनि नेपाल अर्को चरणमा पुग्ने वा नपुग्ने त्यसमा भर पर्नेछ ।

उक्त खेलमा हार जित भएमा र बंगलादेशलाई हराएमा नेपाल उपविजेताले उपविजेताको रुपमा दोस्रो चरणको यात्रा तय गर्नेछ ।

दोस्रो चरणका खेलहरु आगामी अप्रिलमा हुनेछ । जसबाट तीन टोली तेस्रो चरणमा स्थान बनाउनेछ । तेस्रो चरणमा ८ टोलीको सहभागिता रहनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob