scheduleबिहिवार भाद्र ५ गते, २०७६

दक्षिण कोरियाली मन्त्री अमेरिका जाँदै

सोल, २७ कात्तिक । दक्षिण कोरियाका एकिकरण मन्त्री चो म्योउङ ग्योन अमेरिकाको पाँच दिने भ्रमणको लागि मङ्गलबार त्यसतर्फ जाने भएका छन् ।

उनको भ्रमण मङ्गलबारबाट शुरु हुने सरकारी स्रोतले जानकारी दिएको छ । त्यस भ्रमण दुई कोरियाबीचको सम्बन्ध र उत्तर कोरियाली निशस्त्रीकरणका विषयमा हुन लागेको पनि अमरिकाले स्पष्ट गरेको छ ।

उत्तर कोरियाली निशस्त्रीकरणको विषय अनिश्चित भएको समयमा उत्तर कोरियाली मन्त्रीको यो औपचारिक भ्रमण शुरु हुन लागेको बताइएको छ ।

उता हालै मात्र पनि न्युयोर्कमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली एक उच्च सैनिक अधिकारी किम योङ चोलबीच भेट भएको थियो । चोल उत्तर कारियाली नेता किम जोङ उनका एक विश्वासपात्र हुन् ।

उत्तर कोरियाको निशस्त्रीकरणसम्बन्धी कार्यक्रम हाललाई स्थगित भएको बताइएको छ । गत हप्तामात्र भएको न्युयोर्कको सो भ्रमणका क्रममा यस निशस्त्रीकरणसम्बन्धमा मिति तय गर्ने अपेक्षा गरिएको थियो । तर यस विषयमा कुराकानी नभएको बताइएको छ । रासस/एएनआइ

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage