scheduleआइतवार भाद्र २९ गते, २०७६

सर्पको सुरक्षा र इलिभेटरमा ब्रान्डी, यसकारण अनौठो छ इतिहासकारको स्टोर्समा

एजेन्सी, २७ कात्तिक । लण्डनस्थित चर्चित ऐतिहासिक हारोड्स स्टरले आफ्नो इतिहाससँग सम्बन्धित एउटा वृतचित्र जारी गरेको छ । उक्त स्टोर धेरै पुरानो र चर्चित छ तर उसले जारी गरेको त्यस वृतचित्रले उसलाई अझ विश्वभरी चर्चा बटुल्ने नयाँ मौका सृजना गरको छ ।

वृतचित्रमा एउटा अनौठो दृश्य देखाइएको छ जहाँ सुरक्षा गार्डको रुपमा मान्छे नभएर गोमन सापलाई देखाइएको छ ।

उक्त वृतचित्रको अनुसार २००७ मा स्टोरमा एउटा धेरै मूल्यवान रत्न जडित सैंडल ल्याइएको थियो त्यसमा बहुमूल्य पत्थर रुबी जडिएको थियो । त्यसलाई सुरक्षा दिनु निकै ठूलो चुनौती बनेको थियो पूरा स्टोरको लागि । यसकारण स्टोरले उक्त सैंडलको सुरक्षाको जिम्मा एउटा गोमन सर्पलाई सुम्पिएको थियो ।

त्यसो त स्टोरमा धेरै बहुमूल्य सामानहरु राखिएका थिए तर त्यहाँको एक कर्मचारीले बताए अनुसार त्यस समय त्यहाँको सबैभन्दा बहुमूल्य बस्तु त्यहीँ स्याण्डल थियो । एक अनुमानको अनुसार त्यस स्याण्डलको मूल्य पाँच लाख पाउण्ड रहेको थियो जसको नेपाली मूल्य करिब आठ करोड हुन जान्छ ।

वृतचित्रमा देखाइए अनुसार उक्त स्टोरको अरु पनि विशेषताहरु छन् । त्यो आफैमा १५० वर्ष पुरानो भएको बताइएको छ । यसबाहेक त्यहाँ १८९८ को दशकै स्वचालिक सिढिँ एस्केलेटर लगाइएको थियो । यस्तो सिढिको सुरुवात वेलायतबाटै भएको हो । सिढिको कारण कतिपाय ग्राहकहरुलाई त्यहाँ आवतजावत् गर्न नै समस्या भएको थियो । यसकारण सिढिँमा सहज बनाउन पुरुषलाई एक ग्लास ब्रान्डी र महिलालाई नुन सुँघ्न दिइन्थ्यो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage