scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME Bank

मेसेडोनियाका पूर्व प्रधानमन्त्री ग्रुएस्कीद्वारा हङ्गेरीमा शरण माग्दै


स्कोपये, २७ कात्तिक । प्रहरीको खोजीको सूचीमा रहेका मेसेडोनियाका पूर्व प्रधानमन्त्री निकोला ग्रुएस्कीले आफु हङ्गेरीमा रहेको र राजनीतिक शरणका लागि हङ्गेरी सरकारसँग अनुरोध गरिरहेको जानकारी मङ्गलबार दिएको छ ।

प्रधानमन्त्री रहँदा शक्तिको दुरूपयोग गरेको आरोपमा उनलाई दुई बर्षको जेल सजाय तोकिएको छ । अदालतको निर्णय अनुसार जेल सजाय व्यतित गर्नको सट्टा विदेश भागेको भन्दै प्रहरीले उनलाई खोजीको सूचीमा राखेको छ । मेसेडोनियाका अधिकारीले ४८ बर्षीय पूर्व प्रधानमन्त्री ग्रुएस्कीले आफुलाई सुरक्षाकर्मीसँग उपलब्ध नगराएपछि सोमबार पक्राउका लागि खोजीको सूचीमा राखेको थियो ।

ग्रुएस्कीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘म अहिले बुढापेष्टमा छु, मैलै हङ्गेरीका अधिकारीहरूसँग राजनीतिक शरणका लागि अनुरोध गरिरहेको छु ।’ रासस/एएफपी

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage