scheduleमगलवार पौष ३ गते, २०७५

पिएसजीले च्याम्पियन्स लिग जित्न अझै सुधार गर्नुपर्ने

काठमाडौँ, २८ कात्तिक । पिएसजीका स्टार खेलाडी काइलियन एमबाप्पेले पिएसजीले यस सिजन पनि च्याम्पियन्स लिग जित्नेमा आफु विश्वस्त नरहेको बताएका छन् । उनले भनेका छन्, ‘पिएसजीले अझै धेरै कुरामा सुधार गर्नुपर्ने देखिएको छ । पिएसजी पुर्णरुपमा च्याम्पियन्स लिग जित्न अझै तयार भएको छैन ।’
यस सिजन ग्रुप अफ डेथमा रहेको पिएसजी च्याम्पियन्स लिगको अर्को चरणमा पुग्ने सम्भावना कठिन देखिएको छ । चार खेल खेलिसक्दा ५ अंकका साथ पिएसजी तेस्रो स्थानमा रहेको छ भने ७ अंकका साथ नेपोली पहिलो र ६ अंकका साथ लिभरपुल दोस्रो स्थानमा रहेको छ ।
क्लबमा नयाँ मालिक आएपछि क्लबले निकै सुधार गरेको उनले बताए । विश्वकै स्टार खेलाडीहरु यस क्लबमा आवद्ध हुनुले पनि पिएसजी छिट्टै नै च्याम्पियन्स लिगको दाबेदार क्लब बन्नेमा कुनै शंका नरहेको उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob